जिल्ला कारागारभित्र क्वारेन्टाइन

नवलपुर जिल्लाका कैदी बन्दीलाई चितवन कारागार ल्याइएपछि यहाँका कैदी बन्दी त्रासमा परेका छन् । नवलपुरमा हालसम्म कारागार रहेको छैन ।

कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कोरोना भाइरस जोखिम हुन नदिन लकडाउन गरिएपछि नवलपुर जिल्ला अदालतबाट आदेश भइ ११ जना कैदी बन्दी यहाँ आएका छन् । उनले भने, “ करागारको क्षमता कम नै रहेको छ । विशेष परिस्थितिका कारण कैदीबन्दी ल्याइएको हो । अव नपठाउन अनुरोध गरेका छौ । ”

दुई सय ५५ जना क्षमता भएको यहाँको पुरुष बन्दी गृहमा ६६८ र २५ जनाको क्षमता रहेको महिला गृहमा तीन आश्रित बालिकासहित ५८ जना रहेका छन् । साँघुरो ठाउँमा बाहिरबाट आउनेले रोग ल्याएमा सबै सङ्क्रमित हुने भएकाले सबै त्रासमा परेका हुन् ।

प्रमुख काफ्लेका अनुसार कारागारमा एक जना अहेबको दरवन्दि रहेको छ । कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन कैदी बन्दीका आफन्तलाई भेटघाट बन्द गरिएको छ । कारागार भित्रै १५ श्ययाको क्वारेन्टाइन स्थापना गरिएको छ।

सर्वाेच्च अदालतले एक वर्षसम्म कैद तोकिएकालाई बाँकी समयको कैदको रकम भूक्तानी गरी छाड्ने आदेश गरेको छ । यस कारागारमा ३८ जना त्यस्ता कैदी रहेका छन् । ती मध्ये १६ जनाले मात्र सो सुविधा प्रयोग गरेका छन् ।

प्रकाशित : आइतबार, चैत २३, २०७६०७:४२

अहिले सामाजिक सञ्जाल मै बित्छ अधिकांशको समय