भारतबाट भित्रिए खाद्य र ग्यास बोकेका करीब दुई सय गाडी

लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय गाडी भित्रिएको छ । पर्सास्थित वीरगञ्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी र फलफूल बोकेका २० गाडी, पेट्रोलियम पदार्थ बोकेका ७० ट्याङकर, खाना पकाउने एलपिजी ग्यासका ५३ र मालवाहक ट्रक १७ भित्रिएको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी गराए।

सोही नाकाबाट रिफाइन तेल बोकेका १४ गाडी र तीन कन्टेनरका साथै महोत्तरी जिल्लाको नाका भएर तीन मालवाहक ट्रक पनि भित्रिएको उनले बताए।

यहाँ लकडाउन पूर्णपालना गराउनका लागि पूर्ण रुपले कडाइ गरिएको छ । भारतसँग जोडिएका १०९ वटै नाकामा कडाइ गरी आवतजावत बन्द गरिएको छ ।

दुई हजार सवारी साधन नियन्त्रित

अहिलेसम्म लकडाउन उल्लंघन गर्ने दुई हजार १३५ सवारी साधनलाई नियन्त्रणमा लिइएको तथा अत्यधिक मूल्य लिई कालोबजारी गर्ने २५ जनालाई कारवाही गरिएको छ । त्यस्तै प्रदेश नं २का १४२ क्वारेन्टाइनमा आइतबारसम्म ८६५ जना क्वारेन्टाइनमा, एक हजार ८० जना होम क्वारेन्टाइनमा र २७ जना आइसोलेशनमा बसेको सचिव घिमिरेले बताए।

आइतबारसम्म प्रादेशिक अस्पतालमा ३४ जनाको स्वाब परीक्षणका लागि लिएको छ । तीमध्ये ६ जनाको नेगेटिभ आएको र अन्यको रिपोर्ट आउन बाँकी रहेको उनले बताइएको छ ।

प्रकाशित : सोमबार, चैत २४, २०७६०६:२२

गो’ली हानेर २० वर्षीया युवतीको लियो ज्यान