अत्यधिक रक्तश्राव हुँदा गर्भवतीको गयो ज्यान

सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा अकालमा ज्यान गएको छ ।

एक्कासी रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजादै गर्दा बाटोमा नै २९ वर्षीय उनकोे आइतबार साँझ ज्यान गएको स्थानीय वसन्तकुमार विकले जानकारी दिए ।

उनका तीन छोरी रहेका छन् । हाल उनको पति रोजगारीका लागि हाल भारतमा रहेका छन् । उनकी कान्छी छोरी १८ महिनाकी भएकी छिन्।

लकडाउन अझै एकसाता लम्बिने उच्चस्तरीय समितिको निर्णय

आज (सोमबार) कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि एक साता आझै लम्ब्याउने निर्णय गरेको छ।

आज दिउँसो चार बजे बस्न गइ रहेको मन्त्रीपरिषदको बैठकबाट यो निर्णय अनुमोदन गरेपछि लकडाउनको समय थपिनेछ।

विश्वभर कोरोना संक्रमण फैलिन थाले पछी त्यसबाट बच्न पहिलोपटक चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभरका अत्यावश्यक बाहेकका सबै काम, कार्यालय तथा सवारीसाधन बन्द गर्ने निर्णय गरेको थियो। त्यसैगरि, दोस्रोपटक पनि चैत १६ गते पुनः एकसाताका लागि लकडाउन लम्ब्याउने निर्णय गरेका थिए।

नेपालमा पनि संक्रमितहरूको संख्या थपिइँदै जाने र विश्वका विकसित मुलुकहरूमा अवस्था भयावह हुन थालेपछि सरकार तथा सर्वसाधारण समेतले पनि लकडाउन अवधि लम्ब्याउनुपर्ने बताइरहेका छन्।

प्रकाशित : सोमबार, चैत २४, २०७६०७:३०

‘समग्र अवस्थाको मूल्याङ्कन गरेर ‘लकडाउन’ बढाउँछौँ’: गृहमन्त्री थापा