पाल्पाको बगनासकाली गाउँपालिका–८, स्थित सिद्धबाबा मन्दिर नजिक पिकनिक खान गएका युवाको खोजी भइरहेको छ । लकडाउन उल्लङ्घन गरी पिकनिक गएका युवालाई प्रहरीले नियन्त्रण लिन खोज्दा फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक घनश्याम पाण्डेको नेतृत्वमा पिकनिक स्थलमा प्रहरी टोली पुगेपछि सामान छोडेर युवा फरार भएका हुन । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पिकनिक स्थलमा लु४९प ५६९८ नम्बरको मोटर साइकल, बोइलर कुखुरा, बियर तथा खाद्य सामाग्री भेटिएको छ ।
दमकलबाट किटनाशक औषधि छर्किदै
लमहीः दाङको तुलसीपुर उपमहानगरपालिकाले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न किटनाशक औषधि छर्कन शुरु गरेको छ । उपमहानगरपालिकाले पहिलो चरणमा बढी भिडभाड हुने क्षेत्रमा किटनाशक औषधि छर्किन शुरु गरेको नगरप्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिनुभएको छ । रोटरी क्लब र रोट्र्याक्ट क्लब अफ तुलसीपुर सिटीको व्यवस्थापनमा उपमहानगरपालिकाले औषधि छर्केको हो ।
पहिलो चरणमा बढी भिडभाड हुने स्थान अस्पताल, तरकारी पसल, बधशाला, बसपार्क तथा उपमहानगरपालिकाले स्थापना गरेको क्वारेन्टाइन क्षेत्रमा दमकल प्रयोग गरी किटनाशक औषधि छर्किएको छ ।