प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन्।
सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको जोखिम रोक्न सरकारले लिएको कदम, जारी लकडाउनमा नागरिकको साथ, स्वास्थ्य सेवा, परीक्षण र उपचारबारे सम्बोधन गर्दै छन् ।
उनले सिङ्गो विश्वको मानव जगत्मा ७४ हजारभन्दा बढीको कोरोना सङ्क्रमणका कारण ज्यान गएका सबै नेपाली र विश्वका नागरिकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै उपचारतहरुको स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनले नेपालमा साझा प्रयत्नले सङ्क्रमितको सङ्ख्या नौ जना मात्र भए पनि जोखिम कायमै रहेको उल्लेख गर्दै लकडाउनका कारण प्रभावित मजदुर, विद्यार्थी र व्यावसायीलाई सहानुभूति व्यक्त गरेका छन्।
उक्त सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिएको छ । यसअघि प्रधानमन्त्री ओलीले सो विषयमा यही चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गरेका थिए।