यो महासंकटमा सांसदको तलब कटौती गरेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको बढाउनुपर्छ …

फाइल तस्बिर

काठमाडौं नेपाली काँग्रेसका सांसद गगन थापाले सांसदलगायतको तलब सुविधा कटौती गरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब भत्ता बढाउन सुझाव दिएका छन् ।

बिहीवार सामाजिक सन्जालमा ट्वीट गर्दै काँग्रेस नेता थापाले कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको तलब भत्ता, सुविधा र सुरक्षामा बढोत्तरी गरी मनोबल बढाउनु पर्नेमा जोड दिएका हुन्।

उनले लेखेका छन्’महासंकटको यो घडीमा,हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी लगायतको तलबभत्ता,सुविधा र सुरक्षामा बढोत्तरी गरी मनोबल बढाउने प्रयास गरौं।’

प्रकाशित : बिहिबार, चैत २७, २०७६१२:३३

शुक्रबार र शनिबार काठमाडौँ बाहिर जान दिने निर्णय भएको छैन : मन्त्री नेम्वाङ