कोरोना रोकथामका लागि काँग्रेसका सबै सांसदले १५ दिनको पारिश्रमिक दिने घोषणा

g]sfF ;+;bLo bnsf] a}7s g]kfnL sfFu|]; ;+;bLo bnsf] sfof{nodf zlgaf/ a;]sf] ;+;bLo bnsf] a}7sdf g]sfF ;efklt z]/axfb'/ b]pjf, jl/i7 g]tf /fdrG› kf}8]n, dxfdGqL 8f z+zfs sf]O/fnf nufot ;xefuLx? . tl:a/M /f]zg ;fksf]6f, /f;;

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ ।

काँग्रेस संसदीय दलले सरकारले स्थापना गरेको सो कोषमा सहयोग गर्ने यस अघिको निर्णयअनुसार उक्त रकम कट्टा गरी कोषमा पठाउन संघीय संसद सचिवालयलाई पत्राचार गरेको जनाएको छ । सो दलले पत्राचार गरेअनुसार रकम कट्टा गरी यथाशिघ्र कोषमा पठाउने प्रक्रिया बढाउने सचिवालयले जानकारी दिएको छ ।

पिनद्वारा विपद् व्यवस्थापन कोषलाई सहयोग

प्रोगेसिभ इन्जिनियरिङ एसोसिएन नेपाल (पिन)ले प्रदेश विपद् व्यवस्थापन कोषलाई रु ९० हजार सहयोग गरेको छ ।

कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारद्वारा स्थापित कोषमा पिनले आर्थिक सहयोग प्रदान गरेको हो । पिनका कर्णाली प्रदेश अध्यक्ष रामचन्द्र विसीले आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो । उहाँले कोभिड–१९ विरुद्धका प्रतिकार्य अभियानमा ऐक्यबद्धता जनाउन आर्थिक सहयोग गरेको बताउनुभयो ।

“प्रदेश सरकारले कोभिड–१९ भित्रिन नदिन अपनाएको सजगता, सम्भावित बिरामीको परीक्षण तथा उपचारका लागि गरेको काम प्रशंसनीय छ”, अध्यक्ष विसीले भन्नुभयो, “सङ्कटको यस घडीमा हामी पनि प्रदेश सरकारकै साथमा छौँ, सरकारलाई भविष्यमा थप सहयोग गर्न तयार छौँ ।”

यसैबीच, देउती नागरिक यातायात प्रालिले आफ्ना कर्मचारी र नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखालाई राहतस्वरुप खाद्य सामग्री वितरण गरेको छ । प्रालिले आफ्ना २० जना कर्मचारीलाई प्रतिव्यक्ति रु एक हजार ५०० नगदसहित ५० केजी चामल तथा पत्रकार महासङ्घलाई २५ केजीका ३० बोरा चामल, १५० क्विन्टल दाल, ६० प्याकेट तेल र ३० किलो नुन प्रदान ग¥यो । महासङ्घ सुर्खेत शाखाले वीरेन्द्रनगरमा कोठा भाडामा बस्ने ३० जना स्ट्रिङ्गर (स्थानीय समाचारदाता) लाई उक्त राहत प्रदान गरेको हो ।

प्रकाशित : शुक्रबार, चैत २८, २०७६०८:१५

प्रदेश २ मा कोरोनाको उपचारमा खटिँदा ज्यान गए ५० लाख, बैङ्कको ब्याज समेत तिर्ने