“लकडाउन हटाउन हतार गरे महँगो पर्छ, कोरोना भाइरस झन् घातक बन्न सक्छ”

एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले लकडाउन हटाउन हतार गरे कोरोना भाइरसको संक्रमणले अझ ठूलो रुप लिन सक्ने चेतावनी दिएको छ।

कोरोना भाइरसको संक्रमण कम हुन थालेपछि विभिन्न देशहरुले लकडाउन हटाउन शुरु गरेसंगै डब्ल्यूएचओले कोरोना म-हामा-री झन् घा-तक बन्न सक्ने चेतावनी दिएको हो।

डब्ल्यूएचओका महानिर्देशक डा‍. टेडरोज आध्यनोम गेब्रेयेसोसका अनुसार लकडाउनले अर्थतन्त्रमा ठूलो असर पर्ने भएता पनि हतार गरेर लकडाउन खोल्नु खतरा हुन सक्छ।

जेनेभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनका क्रममा उनले लकडाउन हतारमा फुकुवा गर्दा कोरोना भाइरसको संक्रमण पहिलेभन्दा घातक बनेर पुनः फैलिन सक्ने बताए।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि अपनाइएका प्रतिबन्ध तथा उपाय अहिले नै अन्त्य गर्दा कोरोना संक्रमण पुनरावृत्ति हुन सक्ने उनको चेतावनी छ।

“प्रतिबन्ध हतारमा फुकुवा गर्दा संक्रमणको जोखिम बढी हुन्छ, पहिलेभन्दा घातक बनेर पुनः फैलिन सक्छ। यसो हुँदा घट्दो क्रमको संक्रमणले भयाभह रुप पनि लिन सक्छ।”,उनले भने।

प्रकाशित : शनिबार, चैत २९, २०७६०३:१३

कालीगण्डकीमा हामफालिन महिला, १५० मिटर तल फेला पर्यो शव !