भिडियो बैठकमा पनि मास्क लगाएरै उपस्थित भए भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य मन्त्रीहरुसँगको भिडियो बैठकमा मास्क लगाएरै उपस्थित भउका छन् । उनले शनिबार कोरोना भाइरसविरुद्ध भइरहेका कामका बारेमा छलफल गर्न देशका मुख्यमन्त्रीहरुसँगको भिडियो बैठक आयोजना गरेका थिए ।

मुख्यमन्त्रीहरुसँगको भिडियो अन्तरक्रियाका क्रममा उनी मुखमा मास्क लगाएको अवस्थामा देखिएका थिए । प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुसँग अहिले भइरहेका कामहरुका बारेमा जानकारी लिएका प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

उनले लकडाउन पूर्ण रुपमा कार्यान्वयन गराउनेदेखि कोरोना भाइरसविरुद्ध अन्य विभिन्न क्रियाकलापहरुमा मुख्यमन्त्रीहरु र प्रदेश सरकारहरुले राम्रो भूमिका खेलेको भन्दै धन्यवाद पनि दिउका थिए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाको चर्चा गर्दै कोरोना भाइरसविरुद्धको लडाईलाई अझ प्रभावकारी बनाउने उपायका बारेमा पनि बताएका प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुसँग यसअघि पनि दुई पटक भिडियो बैठक गरेका थिए । उनले मन्त्रीपरिषद् बैठक र सर्वदलीय बैठक पनि भिडियो मार्फत् गरिसकेका छन् । उनले हरेक दिन जसो विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भिडियो बैठक गर्दै आएका प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित : शनिबार, चैत २९, २०७६११:०५

भारतमा २४ घन्टामा ४० को मृत्यु, १ हजार ३५ नयाँ संक्रमित