माछा मार्न जाल थाप्दा आफैंमा बेरिएर दूधकोशीमा डुबेपछि ज्यान गयो…

फाइल फोटो

खोटाङ – दूधकोशीमा डुबेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका १५ वर्षीय सबिन राईको मृ-त्यु भएको छ । माछा मार्न जाल थाप्ने क्रममा सोही जालमा बेरिएर दूधकोशीमा डुबेका राईको आज मृ-त्यु भएको हो ।

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने सोक्माटारस्थित झोलुङ्गे पुल नजीकै बिहान ११ः५५ बजे डुबेका सबिनको शव दिउँसो १ः३० बजे फेला पारिएको वडाध्यक्ष रुद्र राईले बताए । नदीमा डुबेपछि उद्धार गर्ने क्रममा खोजी गर्दा करीब ५० मिटर तल जालमै बेरिएको अवस्थामा उनलाई मृतावस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

सबिनको जेठा दाजु बृखधन राई सिकिस्त बिरामी भएर सामुदायिक अस्पताल ओखलढुङ्गा पठाइएकै दिन सबिनको नदीमा डुबेर ज्यान गएको स्थानीयवासीले बताएका छन् । मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल झिकाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए । सबिन ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाको महादेवस्थान माविमा कक्षा ९ मा अध्ययनरत रहेका थिए ।

चट्याङ लागेर दुईको मृ-त्यु, नौँ घाइते, पाँच गम्भीर

चट्याङ लागेर खोटाङमा दुई जनाको मृ-त्यु भएको छ भने, आठ जना घाइते भएका छन् । गएराति पानीसँगै परेको चट्याङ लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तोमानेका १३ वर्षीय छोरा राजमनी राई र छिमेकी ३८ वर्षीया निर्मला विश्वकर्माको घटनास्थल मै मृ-त्यु भएको हो ।

घाइते हुनेमा मृतक निर्मलाको १४ वर्षीया छोरी मनकला, छ वर्षीय छोरा आसन विश्वकर्मा, स्थानीय ४५ वर्षीय धनिराम राई, १८ वर्षीया मनिषा विश्वकर्मा र ३८ वर्षीया मनकुमारी राई गम्भीर घाइते भएका छन् । सामान्य घाइते हुनेमा आठ वर्षीया शुष्मा राई, ४७ वर्षीया कमलकुमारी राई, ३८ वर्षीया विर्षिका राई र ६५ वर्षीया कृष्णमाया राई रहेका छन् । गम्भीर घाइते पाँच जनालाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलतर्फ पठाइएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले जानकारी दिए। गम्भीर घाइते मनकलाको खुट्टामा र आसनको टाउ तथा घाँटीमा चोट लागेको प्रहरी जनाएको छ ।

प्रकाशित : आइतबार, चैत ३०, २०७६११:५४

“देशभरका ग्यास भण्डारगृह र एक सय बुलेट भरिए, खाली सिलिण्डर बुझाएर पूरा ग्यास लैजानुस्”