भारतमा एकैदिन ४३ को मृत्यु, संक्रमितको संख्या पनि लगातार बढ्दै !

काठमाडौँ – छिमेकि मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको छ। केहि दिन देखि त्यहाँ लगातार संक्रमितको संख्या बढ्दै गएको छ भने ज्यान गुमाउनेको पनि संख्या बढ्दै गएको देखियको छ।

बितेको २४ घण्टामा मात्र भारतमा ४३ जनाले ज्यान गुमाएका छन्। यस्तै त्यहाँ २४ घण्टामा ७ सय ५९ नयाँ संक्रमणको पुष्टि भएको छ। जससँगै कोरोना भाइरस संक्रमितको संख्या ९ हजार नाघेर ९ हजार २ सय ५ पुगेको छ।

सोमबार बिहान सम्म भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ सय ३१ पुगेको छ। भारतमा १ हजार ८० जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन्।

कोरोना भाइरस संक्रमण पछि उपचार भैरहेका ७ हजार ७ सय ९४ मध्ये कसैको पनि अवस्था गम्भीर नभएको बताइन्छ। भारतले अहिले सम्म १ लाख ८९ हजार १ सय ११ जनामा कोरोना भाइरसको परिक्षण गरिसकेको छ।

कोरोना भाइरसको संक्रमण देखिएसँगै भारत अहिले लकडाउनमा छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको २१ दिने लकडाउनको केहि दिनमा अन्त्य हुँदैछ।

बढिरहेको संक्रमणलाई मध्यनजर गर्दै लकडाउनलाई मोदीले बढाउने अनुमान गरिएको छ। केहि दिन अगाडी उनले देशक सम्पूर्ण प्रान्तक मूख्यमंत्रीहरुसंग संवाद समेत गरेका थिए। जस अनुसार उनले लकडाउन थप्न सक्ने बताइन्छ।

प्रकाशित : सोमबार, बैशाख ०१, २०७७०२:०८

वर्षको पहिलो दिन मेघगर्जन/हावाहुरी /चट्याङ सहित वर्षा: भोलि र पर्सि मौसम कस्तो रहला ? हेर्नुहोस्