काठमाडौँ – देशमा स्थानिय वायुको प्रभाव सँगसगै पश्विमि वायुको समेत आंशिक प्रभाव रहेको हुँदा देशभरको मौसममा आँशिक देखि सामान्य बदली हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार देशको पुर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमका एक दुइ स्थानमा मेघगर्जन/हावाहुरी /चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
सोमबार राति देशको पहाडि भू-भागमा आँशिक देखि सामान्य बदली रही एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक पानी पर्न सक्ने र बाँकी भू-भागमा आँशिक बदलि रहने महाशाखाको अनुमान छ।
महाशाखाले सोमबार बिहान सार्वजनिक गरेको तीन दिनको मौसम पूर्वानुमान निम्न छ।
मौसम विश्लेषण (Meteorological Analysis):-
हाल देशमा स्थानिय वायुको प्रभाव सँगसगै पश्विमि वायुको समेत आंशिक प्रभाव रहेको छ।
हालको मौसमको अवस्था (Present Weather Status):
हाल देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक बदलि रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
बैशाख १ गते (सोमबार)
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पुर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमका एक दुइ स्थानमा मेघगर्जन/हावाहुरी /चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पहाडि भू-भागमा आँशिक देखि सामान्य बदली रही एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भू-भागमा आँशिक बदलि रहने छ।
बैशाख २ गते (मंगलबार)
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित वर्षाको संम्भावना रहेको छ।
रातीः देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहने छ। मध्य र पश्चिमका पहाडी भू-भागका थोरै स्थानहरुमा र पूर्वका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
बैशाख ३ गते (बुधबार)
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित वर्षाको संम्भावना रहेको छ।
रातीः देशको पुर्वि भू-भाग र मध्य र पश्चिमका पहाडि भु-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहने छ। मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs):-
देशको मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमि पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरि सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन हुन अनुरोध छ |