पेप्सीकोला बस्‍ने एकै परिवारका तीनजनामा कोरोनाको आशंका, आइसोलेसनमा भर्ना !

काठमाडौँ – कोरोना भाइरस संक्रमणको आशंकामा काठमाडौँ पेप्सीकोला बस्दै आएकै अकै परिवारक तीन जनालाई पाटन अस्पतालको आइसोलेसन पुर्याइएको छ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट किटबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि एकै परिवारका तीनजनालाई पाटन अस्पतालको आइसोलेसन पुर्याइएको हो।

पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएको उक्त परिवारक सदस्यमा कोरोना संक्रमणसंग मिल्दो-जुल्दो लक्षण देखिएको र
र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा पोजेटिभ देखिएपछि पाटन अस्पताल पुर्याएको बताइएको छ।

अपार्टमेन्टको १५औँ तलामा बस्दै आएका उनीहरुलाई स्वास्थ्य मन्त्रालयको आग्रहमा पाटन अस्पताल पुर्याएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट किटबाट गरिएको परिक्षण पोजेटिभ देखिएपछि उनीहरुको पीसीआर परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट किटबाट गरिएको परिक्षण पोजेटिभ देखिएपनि ल्याबमा परिक्षण गर्दा कोरोना नेगेटिभ देखिने गरेको छ।

कोभिड–१९ को सङ्क्रमण रोक्न स्वास्थ्यमन्त्रीका छ ‘टी’ रणनीति

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि छवटा रणनीति सार्वजनिक गरका छन् । नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै उनले  छ ‘टी’को सूत्रबाट बन्ने आफ्नो रणनीति सार्वजनिक गरेका हुन् । यसअनुसार ट्राभल रेष्ट्रिक्शन, टेष्टिङ, टे«सिङ ट्र्याकिङ, ट्रिटमेन्ट र टुगेदर रणनीति रहेका छन् ।

उनले  सारेको पहिलो रणनीतिमा ट्राभल रेष्ट्रिक्शन रहेको छ । उनका अनुसार उक्त रणनीतिका अनुसार यसका लागि आवतजावत बन्द गर्ने नै हो । यसका लागि बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्गहरु बन्द गरिएका छन् । चैत ११ गतेदेखि गरिएको लकडाउन एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण नसरोस् भन्नाका लागि गरिएको उनले  स्पष्ट पारे। “हाल धेरैजसो देशहरुले यो रणनीति अपनाएका छन् । यो प्रभावकारी पनि साबित भएको छ । यो लकडाउनले सर्वसाधारणमा केही असहजता त भएको छ तर आफ्नो देशलाई सङ्क्रमणबाट बचाउन यो कुरा अपरिहार्य छ । यसमा यहाँहरुले गर्नुभएको सहयोगको म उच्च मूल्याङ्कन गर्छु”, उनले  सन्देशमा भनेका छन् ।

यसैगरी मन्त्री ढकालले सार्वजनिक गरेको दोस्रो टेष्टिङ रणनीति हो । यसअन्तर्गत स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको नमूना परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेका व्यक्तिको पनि आवश्यकताअनुसार नमूना परीक्षण गर्ने नीति लिइएको छ । कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधिमा गर्ने भन्ने कुरालाई स्वास्थ्य विज्ञहरुको सुझावमा आधारमा आफूहरुले कार्यविधि बनाई व्यवस्थित गरेको जानकारी गराए। उनले  मन्त्रालयको हालको रणनीति परीक्षणको दायरालाई थप फराकिलो बनाई धेरैभन्दा धेरै व्यक्तिलाई सो दायरामा ल्याई परीक्षण गर्नु रहेको बताए।

प्रकाशित : सोमबार, बैशाख ०१, २०७७१३:०३

देशभरका अदालतलाई सर्वोच्चको चौबीस बुँदे निर्देशन !