अर्को महिना सम्मको लागि थपियो लकडाउन !

काठमाडौँ – भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको हुँदा भारतले ३ मेसम्म लकडाउन थप्ने निर्णय गरेको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै ३ मेसम्म लकडाउन थप्ने निर्णय गरिएको जानकारी गराए। सबैसँगको सल्लाह र सुझावमा यस्तो निर्णय लिइएको उनको भनाई छ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सामाजिक दुरी कायम राख्नु नै मुख्य उपाय भएकाले लकडाउनको थप आवश्यकता देखिएपछि छ मोदीले यस्तो निर्णय गरेका हुन्।

लकडाउन थप्ने निर्णय गर्नु अगाडी मोदीले कोरोना विरुद्धको लडाई र लकडाउनलाई प्रभावकारी बनाउने विषयमा मुख्यमन्त्रीहरुसँग पटक पटक भिडियो बैठक गरेका थिए।

भारतमा गत मार्च २५ तारिखदेखि देशव्यापी लकडाउन लागु भएको छ । लकडाउनलाई कडा बनाउन लकडाउन उलङ्घन गरेको हजाराँैलाई प्रशासनले कारबाही पनि गरेको छ । पहिलो लकडाउन भोलि अर्थात बुधबार सकिँदै छ।

भारतका केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार देशभरी कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको हुनेको संख्या ३३९ पुगेको छ । त्यसैगरी सङ्क्रमित हुनेको सङ्ख्या १० हजार ३६२ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, बैशाख ०२, २०७७०५:१०

सनसिटीबाट एक व्यक्ति धुलिखेल पुगेको खुलासा, प्रहरील शुरु गर्यो निगरानी !