काठमाडौँ – पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने सम्पूर्णमा कोरोना भाइरस संक्रमणको परिक्षण गरिने भएको छ।
सनसिटी अपार्टमेन्टमा बस्दै आएकाको एक परिवारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै उक्त अपार्टमेन्टमा बस्दै आएका सम्पूर्णमा कोरोना भाइरस परिक्षण गरिने भएको हो।
यस्तै संक्रमितको सम्पर्कमा आएकाहरुको पनि पहिचान शुरु गरिने भएको छ। सम्पर्कमा आएकाहरुको खोजि तथा पहिचा तत्कालै शुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने
दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । यहाँको श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू हुने गरी इपिएसमार्फत कोरिया आएर भिसा अवधि सकिनेका लागि कोरोना माहामारीको समस्याका कारण स्वदेश फर्कन नसकेका नेपालसहित अन्य १५ मुलुकका प्रवासी कामदारलाई ५० दिनको भिसा थप हुने भएको हो ।
इपिएस प्रणालीमार्फत कोरिया आएर रोजगारी गर्ने मजदुरले कोरियामा चार वर्ष १० महिना मात्र बस्न पाउने नियम छ । उक्त नियमअनुसार चार वर्ष १० महिना अवधि पूरा भएका कामदार स्वदेश फर्कनुपर्ने हुन्छ तर अवधि पूरा भएर पनि कोरोना माहामारीका कारण स्वदेश फर्कने तयारीमा रहेर फर्कन समस्यामा परेका झण्डै १८ हजार ५०० प्रवासी मजदुर (इ–९) लाई यो निर्णयले सहज बनाएको छ ।
यसअघि फेब्रुअरीमा पनि ५० दिन भिसा थप्ने निर्णय भएको थियो ।