दाङमा पनि कोरोना सङ्क्रमित भेटिए भनेर फेसबुकमा लेख्ने पक्राउ…

तुलसीपुर – कोभिड–१९ बारे दाङमा सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङमा पनि एकजना कोरोना सङ्क्रमित भेटिएको भनेर आज फेसबुकमा स्टाटस राखेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो ।

सांकेतिक तस्विर।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार दाङको घोराही उपमहानगरपालिका–१५ निवासी २८ वर्षीय दीपक न्यौपानेलाई पक्राउ गरिएको हो

तरकारी बजार बन्द

भारतबाट तरकारी आयात गरेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको तरकारी बजार आज बन्द गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राख्दै भारतबाट तरकारी आयात नगर्ने निर्णय विपरित तरकारी फलफूल आयात भएपछि तुलसीपुर–६ स्थित बजार सिल गरिएको तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर रावतले बताए ।

प्रत्येक दिन पाँच वटासम्म भारतीय गाडीले तरकारी ल्याउने गरेका कारण कोरोना सङ्क्रमणको जोखिम बढेकाले सिल गरेको सङ्घका अध्यक्ष रावतले बताए । यस्तै भारतीय तरकारी र फलफूल बिक्री गरेको भन्दै सापकोटा तरकारी पसल र मनोज ‘फ्रुट हाउस’का सञ्चालकलाई कारवाही गरिने भएको छ ।

प्रकाशित : मङ्गलबार, बैशाख ०२, २०७७१०:५०

“ओलीको ठाउँमा म भएको भए कोरोना नियन्त्रण गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउँथें”