र्‍यापिड डाइग्नोस्टक परीक्षण: काभ्रेमा दुई जनामा कोरोना भाइरसको संक्रमण !

काठमाडौँ – काभ्रेमा गरिएको र्‍यापिड डाइग्नोस्टक परीक्षण (आरडीटी)को क्रममा दुई जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ।

र्‍यापिड डाइग्नोस्टक परीक्षण (आरडीटी) गर्दा जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक-एक जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको हो।

कोरोना पोजेटिभ देखिएकाहरुमा बेथान्थोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय युवा र मण्डन देउपुर नगरपालिमा वडा नम्बर–३ नयाँ गाउँका २३ वर्षीय युवक रहेका छन्।

र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका दुवैको स्वाब संकलन गरि परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको छ। कोरोना पोजेटिभ देखिएका बेथाञ्चोकका युवा ९ चेतमा भारतबाट र मण्डनदेउपुरका युवा ७ चैतमा दुबईबाट आएको बताइएको छ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार चैत्र १ देखि विभिन्न देशबाट २ सय ५१ जना ब्यक्तिहरु काभ्रेपलाञ्चोक जिल्ला भित्रिएको पाइएको छ। विदेशबाट आएका सम्पूर्णको परीक्षण गर्ने काम भैरहेको छ।

हाल सम्म १ सय ९१ को परिक्षण भइसकेको बताइएको छ। जस मध्य २ जनामा कोरोना पोजेटिभ देखिएको छ। कोरोना पोजेटिभ देखिएकाहरुमा कोरोना भए नभएको कन्फर्म गर्न धुलिखेल अस्पतालमा थप परिक्षण हुनेछ।

प्रकाशित : मङ्गलबार, बैशाख ०२, २०७७१२:०७

क्वारेन्टाइनमा बस्नेलाई दैनिक रु ५१० दिने सरकारको निर्णय !