काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणलाई समुदायमा फैलिन नदिन प्रभावकारी लकडाउन अनिवार्य रहेको बताएका छन्।
मंगलबार सामाजिक संजाल ट्वीटर मार्फत शाहले कोरोना संक्रमणलाई समुदायमा फैलिन नदिन प्रभावकारी लकडाउन अनिवार्य रहेको र महामारीले सरकारको जनता प्रतिको दायित्व पनि बढाएको बताएका हुन्।
“कोरोना संक्रमणलाई समुदायमा फैलिन नदिन प्रभावकारी लकडाउन अनिवार्य छ। यसका साथै संकटमा रहेका आम नेपाली प्रति सरकारको दायित्व पनि अझ बढेको छ।”,ट्वीट गर्दै उनले भनेका छन्।
सरकारले लकडाउन थप्ने निर्णय गरेसँगै गरिब, मजदूर वर्गको दैनिक जीवन प्रभावित भएको तर्फ सरकार गम्भीर बन्नुपर्ने उनको सुझाव छ। सरकारले जारी राखेको राहतको कार्यमा अझ तिब्रता र नियमन आवश्यक देखिएको पनि उनेल ट्वीटरमा उल्लख उल्लेख गरेका छन्।
शाह ट्वीटरमा लेख्छन्,”लकडाउनको अवधि बढेसँगै गरिब, मजदूर वर्गको दैनिक जीवन प्रभावित भएको छ। सरकारले जारी राखेको राहतको कार्यमा अझ तिब्रता र नियमन आवश्यक देखिन्छ ।”
कोरोना संक्रमणलाई समुदायमा फैलिन नदिन प्रभावकारी लकडाउन अनिवार्य छ। यसका साथै संकटमा रहेका आम नेपाली प्रति सरकारको दायित्व पनि अझ बढेको छ। लकडाउनको अवधि बढेसँगै गरिब, मजदूर वर्गको दैनिक जीवन प्रभावित भएको छ। सरकारले जारी राखेको राहतको कार्यमा अझ तिब्रता र नियमन आवश्यक देखिन्छ ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) April 14, 2020
यस्तै अर्को एक ट्वीट गर्दै उनले कोरोना भाइरस माथि मानवजगतले विजयी हाँसिल गर्ने विश्वास समेत व्यक्त गरका छन्। कोरोना भाइरस पछि आउन सक्ने भयावह आर्थिक, सामाजिक र कृषिको अवस्था एवम् खाद्यसंकट माथि कसरी विजय पाउने भन्ने कुराको सोच अहिले देखि नै राख्नु पर्ने उनको भनाई छ।
“विगतमा भएका विभिन्न महामारी माथि मानवले कसैगरी पनि विजय प्राप्त गरेको इतिहास छ। हाल कायम रहेको कोभिड-१९ माथि पनि विजय प्राप्त गर्ने नै छ । यस पछि आउन सक्ने भयावह आर्थिक, सामाजिक र कृषिको अवस्था एवम् खाद्यसंकट माथि कसरी विजय पाउने भन्ने कुराको सोच अहिले देखि नै राख्नु उत्तम हुनेछ।”,ट्वीटरमा शाहले भनेका छन्।
विगतमा भएका विभिन्न महामारी माथि मानवले कसैगरी पनि विजय प्राप्त गरेको इतिहास छ। हाल कायम रहेको कोभिड-१९ माथि पनि विजय प्राप्त गर्ने नै छ । यस पछि आउन सक्ने भयावह आर्थिक, सामाजिक र कृषिको अवस्था एवम् खाद्यसंकट माथि कसरी विजय पाउने भन्ने कुराको सोच अहिले देखि नै राख्नु उत्तम हुनेछ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) April 14, 2020