बाढीले बगाएर १०० बाख्रा र चार गोरु ठहरै !

सांकेतिक तस्विर

मार्तडी – जिल्लाको उत्तरपूर्वी भेगको हिमाली गाउँपालिका–७ बाँधुमा मङ्गलबार बिहानको अविरल वर्षाका कारण आएको हाउडी खोलाको बाढीले बगाएर तीन परिवारका १०० भन्दा बढी बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सोही गाउँपालिकाको–७ बाँधुको हाउडी खोला नजिकै पालमुनि राखिएका बाख्रामध्ये ४० बाख्रा मृत अवस्थामा भेटिएको र ७० बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिए।

उनका अनुसार सोही वडाका स्थानीय विष्णुप्रसाद तिमिल्नसेनाकमो ३८ वटा, दत्त तिमिल्सेनाका १६ वटा, धनलाल तिमिल्सेनाका ४० वटा र महेन्द्र कार्कीका २० बाख्रा बाढीले बगाएको थियो ।

मङ्गलबार बिहान अविरल वर्षासँगै आएको बाढीले महेन्द्र कार्कीका २० र दत्त तिमिल्सेनाका १२ वटा बाख्रा घाइते भएका छन् । बाख्रा हेर्न पालमा बसेका ३८ वर्षीय दत्त तिमिल्सेना र ४० वर्षीय महेन्द्र कार्कीसमेत घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते भएका दुवैलाई बाँधु स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घर फर्काइएको छ ।

यस्तै सोही गाउँँपालिका–६ धीममा रहेको छेउखिउने खोलाबाट आएको बाढीले सोही वडाका स्थानीय मेघराज पाण्डेय र विष्णुचन्द्र जोशीको चार गोरु बगाएर प्रहरीको भनाइ छ ।

बाँकेमा दूध पोख्दै किसान

बन्दाबन्दीका कारण दूध बिक्रीवितरण नभएपछि बाँकेका किसानले दूध पोख्न बाध्य भएका छन् । कोहलपुर नगरपालिका– ८ पिपरीस्थित प्रकृति गाईपालन केन्द्रका किसान विष्णु पोखरेलले मङ्गलबार बिक्री नभएपछि ४० लिटर दूध सडकमै पोख्नुभएको छ । दुग्ध विकास संस्थानको कोहलपुरस्थित दुग्ध वितरण आयोजनाले मङ्गलबार दूध खरीद नगरेका कारण दूध पोख्न बाध्य भएको पोखरेलले बताए।

कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीले दूधको बिक्रीवितरण प्रभावित भएपछि पोखरेल जस्तै यहाँका दूध उत्पादक किसानदेखि दुग्ध व्यवसायी दैनिकजसो दूध पोख्न बाध्य छन् । दुग्ध व्यवसायीसँगै पशुपालनमा आधारित रहेर घरपरिवार चलाउँदै आएका किसानको लगानीसमेत घाटामा गइरहेको छ । बन्दाबन्दीका कारण डेरीले दूध खरीद नगरिदिँदा पशुपालन व्यवसाय पनि धराशायी हँुदै गएको डुडुवा गाउँपालिका –२ बेतहनीका किसान रामसोहन यादव बताउनुहुन्छ । गाउँबाट नेपालगञ्ज ल्याइएको दूधसमेत बिक्री नभका कारण पोखेर घर फर्कनुपरेको उनको  गुनासो छ ।

ठूलो परिमाणमा दूध सङ्कलन गरी बिक्रीवितरण गर्दै आएको दुग्ध विकास संस्थान (डिडिसी) को कोहलपुरस्थित नेपालगञ्ज दुग्ध वितरण आयोजनाले बन्दाबन्दीपछि दूध सङ्कलनमा ५० प्रतिशत कटौती गरेको छ । आयोजनाले दैनिक १३ हजार लिटर दूध खरीद गर्ने गरेकामा बन्दाबन्दीपछि त्यसलाई घटाएर दैनिक ६ हजार लिटर सङ्कलन गर्ने गरिएको आयोजनाका प्रमुख योगेन्द्र साहले बताए। उनका अनुसार, दैनिक सङ्कलन हुने १३ हजार लिटर दूधमध्ये एक हजार टिर बाँकेमा खपत गरी बाँकी १२ हजार लिटर पाउडर प्रशोधनका लागि चितवन र पोखरा पठाइन्छ । कोरोनाका कारण अहिले ५० प्रतिशत मात्रै दूध लिने गरेकाले दूध सङ्कलनमा पनि कटौती गर्नुपरेको हो ।

प्रकाशित : बुधबार, बैशाख ०३, २०७७०४:४४

चट्याङ लागेर फेरी दुईको गयो ज्यान, घटनास्थलमै गयो बालिकाको ज्यान