एजेन्सी – हाल कोरोना भाइरसको केन्द्रविन्दुको रुपमा रहेको अमेरिकामा एकै दिन २ हजार भन्दा बढीको ज्यान गएको छ। बितेको २४ घण्टामा मात्रै अमेरिकामा २ हजार ४ सय ७ जनाको कोरोना भाइरसका कान ज्यान गएको हो। यससँगै अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २६ हजार ४७ पुगेको छ।
यो समाचार तयार पर्दा सम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख नाघेर ६ लाख १३ हजार आठ सय ८८ पुगेको छ। बितेको २४ घण्टामा त्यहाँ २६ हजार ९ सय ४५ संक्रमित थपिएका छन्।
अहिले त्यहाँ ५ लाख ४९ हजार १९ जनाको उपचार चलिरहको छ। अस्पतालमा उपचार भैरहेका संक्रमित मध्ये ३ हजार ४ सय ७३ को स्थिती नाजुक रहेको बताइएको छ।
अमेरिकाले अहिले सम्म विश्वकै धेरै ३० लाख ६५ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमणको परिक्षण गरिसकेको छ। हाल सम्म ३८ हजार ८ सय २० संक्रमित निको भएर घर फर्किसकेका छन्।
न्यूयोर्कमा मात्रै २ लाख भन्दा बढी संक्रमित
हाल कोरोनाको केन्द्रविन्दुको रुपमा रहेको न्यूयोर्कमा संक्रमितको संख्या २ लाख ३ हजार १२३ पुगिसकेको छ। त्यहाँ हाल सम्म १० हजार ८ सय ३४ जनाल ज्यान गुमाइसकेका छन्। बितेको २४ घण्टामै त्यहाँ ७ सय ७८ जनाको ज्यान गएको छ। यो संख्या धेरै देशहरु भन्दा पनि बढी हो। बुधबार बिहान सम्म त्यहाँ ७ हजार भन्दा बढी सक्रमित थपिएका छन्।