भोलि शनिले गर्दैछ आफ्नो चाल परिवर्तन, यी पाँच राशि हुनेहरु रहनुस् सावधान !

सोमबा शनि वक्री हुन गइ रहेको छ। ११ मई अर्थात वैशाख २९ गते,  शनिले आफ्नो चाल बदल्ने छ। शनिको यस वक्री चाल १४२ दिनसम्म रहनेछ। त्यस पछि, २९ सेप्तेम्बर अर्थात असोज १३ गते शनि पुन: वक्रीबाट मार्गी हुनेछ। यस्तो अवस्थामा, शनिले आफ्नो चाल परिवर्तन गर्दा कैयौँ व्यक्तिहरुले समस्याको सामना गर्नुपर्ने हुन्छ। ज्योतिष शास्त्रका अनुसार,  शनि एक राशिमा लगभग साढे दुई वर्षसम्म रहने गर्छ।

यस अघि, माघ १० गते शनि धनुलाई छोडेर मकर राशिमा प्रवेश गरेको थियो। शनिको यस राशि परिवर्तनका कारण कैयौं राशिमा यसको प्रभाव परेको थियो। आउनुहोस्, यस महिना शनिको वक्री चालले कुन राशिमा कस्तो प्रभाव पर्छ भन्ने बिषयमा चर्चा गरौ।

ज्योतिष शास्त्र अनुसार, जब शनिको वक्री हुन्छ, तब यसले कैयौं समस्याहरु सिर्जना गर्ने सम्भावना हुन्छ। जुन राशिमा यसको प्रभाव पर्छ, उनको जीवनमा धेरै प्रकारका समस्याहरू आउने गर्दछ।

यी ५ राशिमा पर्नेछ शनिको अशुभ प्रभाव

ज्योतिष शास्त्रमा शनिलाई न्यायको ग्रह मानिन्छ। शनिको वक्रीले सबैभन्दा बढी साढेसाती वा ढैय्या चलिरहेको राशिहरुलाई असर गर्छ। यदि शनि तपाईको कुंडलीको कुनै अशुभ भावमा बसिरहेको छ भने यो वक्री तपाइको लागि निकै अशुभ सावित हुनेछ। तर, यदि शनि तपाईको कुंडलीको शुभ भावमा छन् भने, यस समय तपाइले कैयौं खुशीको खबर सुन्न पाउने देखिन्छ।

वर्तमान समयमा धनु, मकर र कुम्भ राशिहरुमा शनिको साढेसाती चलिरहेको छ। त्यसै गरि, २ अन्य राशि मिथुन र तुला राशिमा शनिको ढैय्या चलिरहेको छ। यस्तो अवस्थामा, शनिको यस वक्रीका कारण यी ५ राशिहरुमा अधिक नकारात्मक प्रभाव पर्ने देखिन्छ।

वक्री शनिलाई बली बनाउने उपाए

  • प्रत्येक शनिबार शनिदेवको वर्त बस्नुहोस्।
  • साँझमा, पीपल रूखमा पानी चढाउँनुहोस् र तोरीको तेलले बत्ती बाल्नुहोस्।
  • शनिको बीज मन्त्र ‘ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः’ को १०८ चोटी जप गर्नुहोस्।
  • कालो वा निलो रङ्गको लुगा लगाउनुहोस्।
  • गरिबहरूलाई खाना तथा कपडा दान गर्नुहोस्।
प्रकाशित : बुधबार, बैशाख ०३, २०७७१२:५६

बुधले गर्यो राशि परिवर्तन: सूर्यसँग भेट हुँदा बन्यो धेरै शुभ संयोग, यी राशिलाई लाभै-लाभ !