चट्याङ लागेर फेरी दुईको गयो ज्यान, घटनास्थलमै गयो बालिकाको ज्यान

दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे ज्यान गएको छ। शैल्यशिखर नगरपालिका–६ तिखाधारका सात वर्षीया लक्ष्मी खातीको मङ्गलबार राति ज्यान गएको हो। घरभित्रै बसेको अवस्थामा चट्याङ लागेर बालिकाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

घटनामा अन्य पाँच जना घाइते भएका छन् । राति ८ बजे घरमा चट्याङ परेको हो । चट्याङ लागेर सीता खाती र छोरा राजेन्द्र खाती सामान्य घाइते भएका छन् । चट्याङले घर पूर्णरूपमा क्षति हुनुका साथै गोठमा रहेका दुहुनो गाई र गोरु मरेको छ ।

यस्तै व्याँस गाउँपालिका–५ धौलाकोटमा चट््यङ लागेर एक भैँसी र एक बाख्रासमेत मरेको छ ।

त्यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिका–७ धिराङमा आज बिहान परेको चट्याङले एक जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । ज्यान जाने राक्सिराङ गाउँपालिका–७ धिराङ निवासी ४१ वर्षीय चैत्र प्रजा भएको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।

सोही वडामा चट्याङ परी तीन घाइते भएको भन्ने बुझिएकाले उक्त घटनाको अध्ययन गर्न र घाइतेलाई उपचारका लागि मनहरि ल्याउन प्रहरीको टोली आज बिहानै त्यसतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित : बुधबार, बैशाख ०३, २०७७०५:४६

अमेरिकाद्वारा विश्व स्वास्थ्य संगठनलाई दिइरहेको आर्थिक सहायता रोक्न ट्रम्पको निर्देशन