काठमाडौँ – काठमाडौं जिल्ला प्रशासन कार्यालयले सवारी पास वितरण बन्द गरेको छ। पासको अत्याधिक माग भएक कारण कोरोना जोखिम बढेकाले काठमाडौं जिल्ला प्रशासन कार्यालयले सवारी पास वितरण बन्द गर्ने निर्णय गरेको हो।
बैशाख ३ गते बुधबार देखि काठमाडौं जिल्ला प्रशासन कार्यालयले परिवारको मृत्यु सदस्यको संस्कारमा जानेबाहेक अन्य कुनै पनि प्रयोजनका लागि सवारी पास उपलब्ध गराउने छैन।
यस निर्णय बारे काठमाडौं जिल्ला प्रशासन कार्यालयले बुधबार एक सूचना जारी गर्दै जानकारी गराएको छ। पासको माग अत्यधिक बढ्नुका साथै भीडभाड बढेकोले लकडाउनसमेत उल्लंघन हुने अवस्था भएकाले यस्तो निर्णय गरिएको बताइएको छ।
“यस कार्यालयबाट वितरण हुँदै आएको सवारी पासको माग अत्याधिक बढ्नुका साथै भीडभाड हुन लकडाउन समेत उलङघन हुने अवस्था
सिर्जना भएकोले आज मिति २०७७ बैशाख ३ गते देखि आफ्नो परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरुलाई बाहेक अन्य
प्रयोजनको लागि सवारी पास जारी नहुने व्यहोरा जानकारी गराइन्छ।”,काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ।