रविन्द्र मिश्रको दावी – ” ‘एजेण्डा साझा पार्टी’को, ‘नेतृत्व कम्युनिस्ट/कांग्रेस’को चलिरहने भयो”

काठमाडौँ – साझा पार्टीमा संयोजक रविन्द्र मिश्रले साझा पार्टीको एजेण्डामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस चलिरहेको दावी गरका छन्।

प्रतक्ष्य निर्वाचित सांसदहरुलाई उपलब्ध गराइने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने विषयमा चर्चा भैरहेको विषयमा टिप्पणी गर्दै उनले सामाजिक संजाल मार्फत यस्तो टिप्पणी गरेका हुन्।

मंगलबार सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग सभामुख अग्नि सापकोटाले गरेको छलफलमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा खर्च नभएको रकम कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउने सुझाव आएको थियो।

आफूहरुले पहिला देखिनै सांसद विकास कोषको विरोध गरिएको उल्लेख गर्दै मिश्रले धेरै पछि बल्ल नेकपा तथा नेपाली कांग्रेस आफूहरुको एजेण्डामा आएको बताएका छन्।

आफूहरुले शुरूदेखि शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ भन्दै आएको भएपनि बल्ल अहिले आएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस उक्त एजेण्डामा आइपुगेको उनको दावी छ।

“हामीले सांसद विकास कोषको शुरूदेखि तिब्र विरोध गर्यौँ। बल्ल उनीहरू हाम्रो एजेण्डमा आए। हामीले शुरूदेखि शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ भन्यो। बल्ल उनीहरुका कयौँ नेता त्यसै भन्दैछन्।”,ट्वीटरमा मिश्रले लेखेका छन्।

प्रकाशित : बुधबार, बैशाख ०३, २०७७१०:०९

सान देखाउने साधन बन्यो सवारी पास: मसँग पास छ भन्दै सान देखाउँदै डुल्ने गरेको पाइयो !