कोरोनाको बहाना बनाएर गर्भवतीलाई डेरा निकाला गरेको समाचार लेख्ने पत्रकारलाई धम्की…

काठमाडौँ – नेपाल पत्रकार महासङ्घले केन्द्रीय सदस्य तथा नागरिक दैनिकका पत्रकार दिलीप पौडेललाई प्रकाशित समाचारको विषयलाई लिएर कीर्तिपुर निवासी महेशराज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जाल र फोनबाट धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

यही वैशाख २ गते नागरिक दैनिकमा प्रकाशित ‘कोरोनाको बहाना बनाएर नौ महिनाको गर्भवती डेरा निकाला’ शीर्षक समाचारलाई लिएर निज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जालमार्फत अनेक किसिमका गालीगलौजको शब्द प्रयोग गर्ने तथा फोनबाट धम्क्याएको पीडित पत्रकार पौडेलले महासङ्घमा जानकारी गराउनु भएको छ ।

महासङ्घका महासचिव रमेश विष्टले आज एक विज्ञप्तिमार्फत प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसको कानूनी उपचार खोज्ने विकल्प हुँदाहुँदै यस किसिमले पत्रकारलाई धम्क्याउनु प्रेस स्वतन्त्रताविरुद्ध भएको उल्लेख गर्दै महासङ्घ घटनामा संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा ध्यान दिन स्थानीय प्रशासनसँग माग गरेका छन् ।

सूचनाको हकको असरबारे आइसीआइसीको ध्यानाकर्षण

कोरोना भाइरसको कारण विश्वभर सूचनाको हकको कार्यान्वयनमा परेको असरको विषयमा सूचनाको हकसम्बन्धी विश्वभरका नियकाहरुको संस्था ‘इन्टरनेशनल कन्फरेन्स अफ इन्फर्मेशन कमिस्नर (आइसीआइसीको) ध्यानाकर्षण भएको जनाइएको छ ।

सूचनाको हकसम्बन्धी व्यवस्थाको अनुगमन, कार्यान्वयन, संरक्षण तथा संवद्र्धन गर्न स्थापित निकाय आइसीआइसीले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै सूचनाको हक संवैधानिक तथा मौलिक हकका रुपमा रहेको हँुदा यस विषम परिस्थितिमा उक्त हकको पालन गर्नु थप महत्वपूर्ण हुने भएकाले प्रयोग गर्न आह्वान गरेको छ ।

महामारीको समयमा सार्वजनिक निकायले गर्ने गरेका खरीद प्रक्रिया, वितरणलगायत सम्पूर्ण गतिविधिको चासो राखी यसको व्यवहारगत रुपमा प्रयोग गर्न विज्ञप्तिमा भनिएको छ ।

यस सङ्गठनको कार्यकारी समितिका रुपमा रहेको ‘गभर्मेन्ट ओर्किङ ग्रुप’ (जिओजी) मा नेपालका तर्फबाट राष्ट्रिय सूचना आयोग सदस्य रहेको छ । यसको नियमित बैठकहरुमा नेपालले पनि भिडियो कन्फरेन्समार्फत सहभागी भएर आफ्ना धारणाहरु राख्ने गरेको छ ।

सार्वजननिक निकायले विभिन्न माध्यमद्वारा समयमा सत्य सूचना प्रवाह गर्न आह्वानसहित स्वतः सार्वजनिक गर्न तथा सूचना मागकर्तालाई सूचनाहरु सरल रुपमा दिन यसअघि पनि राष्ट्रिय सूचना आयोगले सबै निकायको ध्यानाकर्षण गराएको थियो ।

प्रकाशित : बुधबार, बैशाख ०३, २०७७१३:५१

कोरोना नियन्त्रणमा नेतृत्वको बागडोर सहाल्दै चीन: थप तीन देशमा मेडिकल टिम पठाउँदै !