आरडीटी गर्दा पोजेटिभ, पिसिआरमा नेगेटिभ !

पोखरा – र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट गरिएको परीक्षणमा पोखराकी एक महिलामा एन्टिबडी पोजेटिभ देखिए पनि पिसिआर प्रविधिमा भने नेगेटिभ देखिएको छ ।

पोखरा महानगरपालिकाका १० र १२ वडाका ३४ जनाको आरडीटी विधिबाट नमुना परीक्षण गर्ने क्रममा पोखरा १२, ढिकालेथरकी एक महिलामा एन्टिबडी पोजेटिभ देखिएको थियो ।

उनको स्वाब सङ्कलन गरी थप परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएकोमा पिसिआर प्रविधिमा परीक्षण गर्दा नेगेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो । ती महिला करिब एक महिना अघि दुबईबाट नेपाल फर्किएकी थिइन् ।

कोभिड कोषमा प्राधिकरणको एक करोड सहयोग

नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा रु एक करोड सहयोग गरेको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आज कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

सिंहदरबारमा आज आयोजित एक कार्यक्रमबीच उक्त सहयोग रकमको चेक उपप्रधानमन्त्री पोखरेललाई हस्तान्तरण गरिएको महानिर्देशक पोखरेलले जानकारी दिए।

प्राधिकरणले कोभिडको सङ्क्रमण नियन्त्रण तथा उपचारका लागि सरकारको अभियानलाई सहयोग पु¥याउन संस्थागत रुपमा सहयोग गरिएको उल्लेख गरेको छ । प्राधिकरणले यसअघि कर्मचारीका तर्फबाट रु ५१ लाख सात हजार सहयोग गरेको पनि महानिर्देशक पोखरेलले बताए।

प्रकाशित : बिहिबार, बैशाख ०४, २०७७०१:४५

निःशुल्क दिइनुपर्ने सेनिटाइजर प्रतिबोतल रु ६०० का दरले बिक्री !