बिहानै बिग्रियो मौसम, काठमाडौँ सहित विभिन्न स्थानमा मेघगर्जन सहित वर्षा ! [तीन दिनको मौसम सहित]

काठमाडौँ – बिहिबार बिहान काठमाडौँ उपत्यका सहित मध्य र पूर्वका पहाडी क्षेत्रहरुमा पानी परेको छ।

देशमा स्थानीय वायुको प्रभाव संगसंगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको कारण काठमाडौँ उपत्यका सहित मध्य र पूर्वका केही स्थानहरुमा पानी परेको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

यस्तै बिहिबार राति पनि देशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तीन दिनको मौसम पूर्वानुमान निम्न छ।

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-०१-०४, बिहान ६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल देशमा स्थानीय वायुको प्रभाव संगसंगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशको पूर्वी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बैशाख ४ गते (बिहीबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ५ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्यतया बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ६ गते (शनिबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

रातीः देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिम भू-भागमा आंशिक बदली रहनेछ। देशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs):-

देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी/असिना सहित वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन हुन अनुरोध छ |

प्रकाशित : बिहिबार, बैशाख ०४, २०७७०३:१५

मौसमविद्ले भने – “मेघ गर्जन र हावाहुरीसहित पानी पर्छ, सतर्क रहनुस्”