बागलुङकी ६५ वर्षीया वृद्धा कोरोना मुक्त, ‘कन्फर्म’ गरेर छिट्टै डिस्चार्ज गर्ने तयारी !

काठमाडौँ – कोरोना भाइरस संक्रमण भएकी ६५ वर्षीया वृद्धाको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ। बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया वृद्धाको तेस्रो पटक गरिएको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको हो।

धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी वृद्धाको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको थ्रेट स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको बताइएको छ।

कोरोना संक्रमणबाट मुक्त भएसंगै छैटौं कोरोना संक्रमितको रुपमा रहेकी उनलाई छिट्टै डिस्चार्ज गर्ने तयारी गरिएको छ। प्राप्त जानकारी अनुसार उनलाई २४ घण्टा भित्र डिस्चार्ज गरिनेछ।

तस्रो रिपोर्ट नेगेटिभ आएसंगै पुनः अर्को परिक्षण गरी उक्त परिक्षण नेगेटिभ आएमा उनलाई डिस्चार्ज गरिने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। २४ घण्टा भित्रै उनको चौंथो परिक्षण गरिने बताइएको छ। उनी चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएका थिइन्।

यस्तै सोहि दिन सोहि विमानमा आएकी अर्की एक युवतीको परिक्षण रिपोर्ट भने पोजेटिभनै आएको छ। बुधबार गरिएको परिक्षणको रिपोर्ट पोजेटिभ आएको हो।

कोरोना पोजेटिभ देखिएकी ती १९ बर्षिय युवतीको धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचार भैरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्यनै रहेको अस्पताल श्रोतले जनाएको छ।

प्रकाशित : बिहिबार, बैशाख ०४, २०७७१४:१९

इँटाभट्टाका मजदूर भन्छन्, ‘रोगभन्दा भोकले मार्ने भयो’