भोपाल, (एजेन्सी) – भारतमा कोरोना भाइरस संक्रमण फैलाउने कार्यमा मुस्लिम समुदायको लापरबाहीलाई दोष दिँदै तनाब बढिरहेका बेला भोपालमा भने हिन्दूको श-वमा मुस्लिम म-लामी मात्र गएनन्, श-व बोक्न काँध पनि थापे । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।
एक हिन्दू महिलाको मृ-त्युपछि मुस्लिम छिमेकीले उनको श-व घाटको श-वदाह गृहसम्म लगिदिए । तर समाजका सदस्यहरु लकडाउनका कारण मद्दतमा आउन सकेनन् । श-वयात्राका क्रममा सबैले राम नाम सत्य पनि बोलिरहेका थिए । विपत्तिको समयमा यो मानवता भोपालको टिलाजमालपुराका बासिन्दाले देखाएका हुन् ।
टिलाजमालपुरा निवासी मोहन नामदेव इलाकामा बरफगोला बेच्न ठेला चलाउँथे । उनकी ५० वर्षीया पत्नी क्षमाको मृ-त्यु मंगलबार भएको थियो । अर्थी बोक्न चार जना आवश्यक थियो तर घरमा मोहनका दुई छोरा मात्र थिए । दुई छोराले आफ्नो साथी आदिलको मद्दतबाट आमाको श-व नगर निगमको गाडीबाट घर लिएर आए ।
बुधबार आदिलले बस्तीका सबैलाई यसको जानकारी दिए । त्यसपछि स्थानीयसँग मिलेर श-व सजाएपछि क्षमाका दुई छोरा र बस्तीका मुस्लिम युवक श-व लिएर छोला रोडस्थित श-व दाहगृह पुगे, जहाँ उनको अन्तिम संस्कार भयो ।
भोपालमा कोरोना कहरका कारण प्रशासनले श-वयात्रामा १५ जनालाई मात्रै सहभागी हुन अनुमति दिएको छ ।