एजेन्सी – अहिले विश्व कोरोना भाइरस महामारीका कारण आक्रमंत छ। विश्वका अधिकांश देशहरु लकडाउन अर्थात बन्दाबन्दीको अवस्थामा छन्। लकडाउनका कारण अहिले धेरै जस्तो कलकारखाना बन्द छन् भने अहिले दैनिक काम गरी खाने समूदायलाई धेरैनै गार्हो भएको छ।
लकडाउनका कारण मजदुर र किसान सबै भन्दा धेरै पिडित बनेको अवस्था छ। दैनिक कमाई गरी खाने समुदायलाई अहिले लकडाउनले पिरोल्नु-पिरोलेको छ।
लकडाउनका कारण दैनिक ज्यालादारी गर्नेहरुले काम गर्न पाएका छैनन भने अहिले किसानहरुले पनि आफ्नो उत्पादन बजार सम्म पुर्याउन पाएका छैनन्। आफ्नो उत्पादनको उचित व्यवस्थापन नभएको भन्दा किसानहरुले आफ्नो उत्पादन खेत-बारीमै नष्ट गरिरहेको अवस्था छ, दुग्ध किसानहरुले दुध सडकमै पोखेर विरोध गरिरहेको छन्।
एकातिर आफ्नो उत्पादन खेर गएर किसान मर्कामा छन् भने अर्को वर्ग खानाको अभावले पिडित छ। लकडाउनको समयमा यी दुवैलाई उचित व्यवस्थापन गर्न नसकिनु पक्कै पनि ठिक होइन।
यसै बीच भारतमा एक भिडियो हृदयविदारक भिडियो भाइरल भैरहेको छ। जसमा एक व्यक्ति सडकमा पोखिएको दुध जम्मा गरिरहेको देखिएका छन्।
भारतीय सामाजिक संजाल प्रयोगकर्ता माझ भाइरल भैरहेको यस भिडियोल लकडाउनक कारण मानिसहरु कति सम्म पिडित भएका छन् भन्ने कुरा देखाएको छ।
A video from Agra, UP, where a Man, dogs sharing spilt milk. One of the saddest thing to watch. #coronavirusinindia #2019nCoV pic.twitter.com/aldKjSWbMd
— Vadodara (@MyVadodara) April 13, 2020
बताइएअनुसार, भिडियो आगराको राम बाग बागौर चौराहाको हो। दुध बोक्ने ट्यांकरबाट पोखिएको उक्त दुध जम्मा गरिरहेका ती व्यक्तिसंगै केहि कुकुर पनि देखिएका छन्।
भारतको एक अनलाइन मिडियाका अनुसार पोखिएको दुध जम्मा गर्ने ती व्यक्ति मानसिक सन्तुलन गुमाएको व्यक्ति रहेका छन्। इतिमाद-उद-दौला पुलिस चौकीका प्रहरी अधिकारीले भिडियोको पुष्टि गर्दै घटना लकडाउनकै क्रममा भएको बताएका छन्।
ती प्रहरी अधिकारीका अनुसार ती व्यक्तिले आफ्नो लागि नभई सँगै रहेका कुकरहरुको लागि सडकमा पोखिएको दुध जम्मा गरका हुन्। यधपी उनले दावी गरेपनि उनले दुध के का लागि जम्मा गरेका थिए भन्ने बारे कुनै जानकारी छैन।