काठमाडौँ – नेपाली कांग्रसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन कुमार थापाले लकडाउनका कारण जीविकोपार्जन गर्न नसकेर पैदल नै गाउँ हिँडेका जनताको तत्काल व्यवस्थापन गर्नुपर्ने बताएका छन्।
सामाजिक संजाल ट्वीटर मार्फत थापाले जनताले दुख पाइरहेको अवस्थामा आफू जोगिनुको अर्थ नहुने र दुख पाएर पैदल नै गाउँ हिँडेका जनताको समयमै व्यवस्थापन गर्नुपर्ने बताएका हुन्।
जनता राजधानी तथा देशक विभिन्न ठाउँबाट पैदल गाउँ फर्किन बाध्य भएको अवस्थामा देख्दा आफूलाई जनप्रतिनिधि भन्न पनि लाज भएको उनले भनाई छ।
“दिनहुँ यस्ता तस्बिर देख्दा तपाईंलाई कस्तो लाग्छ?मलाइ त म यिनको प्रतिनिधि हो भन्ने सोच्दा लज्जाबोध हुन्छ। यस्तै हालमा यिनलाई छाडेर हामी जोगिनुको के अर्थ!”,सामाजिक संजालमा उनले लेखेका छन्।
प्रधानमन्त्रीलाई समेत मेन्सन गर्दै उनले दुख पाएका जनताको उचित व्यवस्थापन गर्न नसके जनताको आँसुले पोल्ने चेतवानी समेत दिएका छन्। पैदल नै गाउँ फर्किन बाध्य जनताको व्यवस्थापन गर्ने उपाय आफूहरुसँग रहेको भन्दै उनले छलफलमा बोलाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
“केही नगर्ने हो भने यिनका आँसुले पोल्नेछ।यिनको व्यवस्थापनका उपाय छन्।हामी छलफल गर्न चाहन्छौं।बोलाउनुस,मिलेर काम गरौं।”,थापा ट्वीटरमा थप लेख्छन्।
थापाको ट्वीट यस्तो छ –
.@PM_Nepal दिनहुँ यस्ता तस्बिर देख्दा तपाईंलाई कस्तो लाग्छ?मलाइ त म यिनको प्रतिनिधि हो भन्ने सोच्दा लज्जाबोध हुन्छ।यस्तै हालमा यिनलाई छाडेर हामी जोगिनुको के अर्थ!
केही नगर्ने हो भने यिनका आँसुले पोल्नेछ।यिनको व्यवस्थापनका उपाय छन्।हामी छलफल गर्न चाहन्छौं।बोलाउनुस,मिलेर काम गरौं। pic.twitter.com/B56xR3Otim— Gagan Thapa (@thapagk) April 16, 2020