काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले पैदल यात्रामा निस्किएकाहरुलाई सहज ढङ्गले गन्तव्य पुर्याउने व्यवस्था गरिनुपर्ने बताएका छन्।
सामाजिक संजाल ट्वीटर मार्फत श्रेष्ठले पैदल यात्रामा निस्केकाहरूलाई स्थानीय सरकारले घरमा लैजाने व्यवस्था मिलाउनुपर्ने बताएका हुन्। पैदलयात्रामा निस्किएहरुलाई स्थानीय सरकारहरुले क्वारेन्टाइनको अवस्था रहने गरी खान-पानको व्यवस्था गरिनु पर्ने उनको भनाई छ।
“लकडाउनको अवस्थामा घर जान पैदल यात्रामा निस्किसक्नु भएकाहरूको दु:ख व्यथा सहजै अनुभूत गर्न सकिन्छ। उहाँहरूलाई सम्बन्धित स्थानीय सरकारले सम्पर्क गरी सहज ढंगले घरमा लैजाने व्यवस्था गर्नुहोला।”,उनले लेखेका छन्। सकेसम्म घरबाट ननिस्किन उनको आग्रह छ। लकडाउनको कडाईपुर्बक पालाना गरी स्वा-क्वारान्टिनमा बस्न सबैलाई उनको आग्रह छ।
लकडाउनको अबस्थामा घर जान पैदल यात्रामा निस्किसक्नुभएकाहरुको दुख: ब्यथा सहजै अनुभुत गर्न सकिन्छ।उहाँहरुलाई सँबन्धित स्थानीय सरकारले सम्पर्क गरी सहज ढङ्गले घरमा लैजाने ब्यबस्था गर्नुहोला।बास बसेका ठाँउहरुमा त्यहाँको स्था•स•ले क्वारान्टिनको अवस्था रहने गरी खाना र बास मिलाऔं ।÷
— NKShresthaPrakash (@nksthaprakash) April 17, 2020
यस्तै उनले घरभाडा र खानाको सम्स्यामा परेकाहरुको समस्या तुरुन्त समाधान गर्न पनि उनले सरकार समक्ष आग्रह गरेका छन्। सम्बन्धित ब्यक्तिको घरमा रहेको परिवार समेत उसको आम्दानीबाट मात्र बाँच्न सक्ने स्थिति हो भने त्यसको पनि उचित समाधान गर्नुपर्ने उनको भनाई छ।
“अव कोही पनि आफु बस्ने गरेको ठाँबाट ननिस्कौं।लकडाउन को कडाईपुर्बक पालाना गरी स्वा-क्वारान्टिनमा बसौं। सरकारले घरभाडा र खानाको समस्या परेकाहरूको समस्या समाधान तुरून्त गरौं। सम्बन्धित व्यक्तिको घरमा रहेको परिवारसमेत उसको आम्दानीबाट मात्र बाँच्न सक्ने स्थिति हो भने त्यो पनि हल गरौं।”,उनले लेखेका छन्।
तर अव कोही पनि आफु बस्ने गरेको ठाँबाट ननिस्कौं।लकडाउन को कडाईपुर्बक पालाना गरी स्वा-क्वारान्टिनमा बसौं।सरकारले घरभाडा र खानाको सम्स्यामा परेकाहरुको समस्या समाधान तु गरौं।सम्बन्धित ब्यक्तिको घरमा रहेको परिवार समेत उसको आम्दानीबाट मात्र बाँच्न सक्ने स्थिति हो भने त्यो पनि हल गरौं।
— NKShresthaPrakash (@nksthaprakash) April 17, 2020