“संकटमा पक्ष विपक्षको राजनीति गर्ने कि नागरिकको जीवन रक्षा र जिविकाका लागि एकजुट हुने ?”

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले देश कोरोना भाइरस संक्रमणको जोखिममा रहेको अवस्थामा राजनीति गर्नु अत्यन्त भयावह हुन सक्ने बताएका छन्।

सत्तारुढ र प्रमुख प्रतिपक्षि दलबीच आरोप प्रत्यारोप चलिरहेका बेला एक ट्वीट गर्दै शाहले संकट र संवेदनाको कठिन घडीमा पक्ष विपक्षको राजनीति गर्नु अत्यन्त भयावह हुन सक्ने बताएका हुन्।

“संकट र संवेदनाको यस कठिन घडीमा पक्ष विपक्षको राजनीति गर्नु अत्यन्त भयावह हुन सक्छ । आम नागरिकको जीवन रक्षा र जिविकाका लागि देश भित्रका सबै पक्ष मिलेर एकजुट भई अघि बढ्ने बेला आइसकेको छ ।”,ट्वीटरमा उनले लेखेका छन्।

आम नागरिकको जीवन रक्षा र जिविकाका लागि देश भित्रका सबै पक्ष मिलेर जानुपर्ने अवस्थामा पछिल्लो समय सत्तारुढ र प्रमुख प्रतिपक्षि दल एक-अर्कालाई निषेध गर्न तर्फ लागेको प्रति उनको चिन्ता छ। हालको अवस्थामा एक-अर्कालाई निषेध गरेर जाँदा अन्यथा हुन सक्ने अवस्था आउने समय र परिवेशले दर्शाई सकेको उनको भनाई छ।

“कसैलाई निषेध गरेर अघि बढ्न खोज्नु अन्यथा हुन सक्ने कुरा समय र परिवेशले दर्शाई सकेको अवस्था हो।”,शाहले ट्वीटरमा थप लेखेका छन्।

प्रकाशित : शुक्रबार, बैशाख ०५, २०७७०९:०९

प्रिमनसुन सक्रिय भएसँगै बिग्रियो देशभरको मौसम ! कहिले सुध्रिएला ? यसो भन्छन् मौसमविद्..