उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीयमा कोरोना पोजेटिभ !

काठमाडौँ – उदयपुरको एक मस्जिदमा लुकेर बसेका आधा दर्जन भन्दा बढी भारतीय नागरिकहरुमा कोरोना भाइरस संक्रमण देखिएको छ।
उदयपुर त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको हो।

उक्त मस्जिदमा लुकेर बसिरहेका १० मध्ये ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताइएको छ। कोशी अस्पताल विराटनगरमा गरिएको स्वाब परिक्षण पश्चात उनीहरुमा कोरोनाको संक्रमण रहेको थाहा हुन आएको हो।

बताइएअनुसार, उक्त मस्जिदमा लुकेर बसेको सूचनाका आधारमा मंगलबार संलगन गरिएको स्वाबको परिक्षणको रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो।

नागरिकको सुरक्षाका लागि एकताबद्ध हुन आह्वान
सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्वदेश तथा विदेशमा रहेका नेपालीको स्वास्थ्य सुरक्षाका लागि एकताबद्ध हुन सबैमा आह्वान गरेको छ ।

समितिका सभापति पवित्रा निरौला (खरेल)ले आज एक विज्ञप्ति जारी गरी कोभिड–१९ को विश्वव्यापी चुनौतीको सामान गर्न र सम्पूर्ण नागरिकको सुरक्षा गर्न आआफ्नो स्थानबाट यथाशक्य भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । उनले विदेशमा रहेका नेपालीलाई कुनै पनि समस्या परेमा सम्बन्धित देशमा रहेको कूटनीतिक नियोगँग सम्पर्क गर्न, कोरोनाको सङ्क्रमणबाट आफू बच्न र अरुलाई बचाउन, सङ्क्रमण फैलन नदिन जो जहाँ भए पनि त्यहीँ सुरक्षित रहन तथा सरकारले जारी गरेको नीति निर्देशनको अनुशरण गर्दै स्वास्थ्यविज्ञको सल्लाह आत्मसात् गर्न पनि आह्वान गरेका छन् ।

सभापति निरौलाले दक्षिणी सीमापारि भारतीय क्षेत्रमा रोकिएका नेपाली तथा पर्यटन व्यवसायीलाई परेको समस्या समाधान गर्न एवं दक्षिणतर्फको सीमानामा थप सुरक्षा जाँच र स्वास्थ्य परीक्षणको प्रबन्ध मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् । असहज परिस्थितिमा तत्काल संसदीय समितिको बैठक बस्न नसक्ने उल्लेख गर्दै उनले समितिका सदस्यबीच छलफल र परामर्शका लागि वैकल्पिक व्यवस्थाको खोजी भइरहेको पनि बताएका छन् ।

प्रकाशित : शुक्रबार, बैशाख ०५, २०७७१२:१३

कोरोनाविरुद्ध लड्न ‘डिसइन्फेक्सन बुथ’ बनाउँदै मारवाडी युवक