हिँडेर गाउँ जान नदिन ओलीको निर्देशन: भने – ‘खान नपाउनेलाई खाद्यान्न दिनु’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले हिँडेर गाउँ जान नदिन निर्देशन दिएका छन्। कोरोना भाइरस रोक्थाप तथा नियन्त्रणका बारे छलफल गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री निवास बोलाएर ओलीले यस्तो निर्देशन दिएका हुन्।

अत्यावश्यक बाहेक सम्पूर्ण आवतजावत पूर्ण रुपमा बन्द गर्न ओलीको निर्देशन छ। जीविका चलाउन नसकेर गाउँ फर्किनेहरु माथि पनि कडाई गर्न उनको निर्देशन दिएको बताइएको छ।

दैनिक जीविका चलाउन नसक्नेहरुलाई आवश्यक खाद्यान्न उपलब्ध गराउने उनले मन्त्रीहरुलाई भनेका छन्।

एनआरएनएद्वारा १२५ थान पिपिई हस्तान्तरण


गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सातवटा अस्पताललाई १२५ थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ । बालुवाटारस्थित सङ्घको सचिवालयबाट आज उक्त पिपिई हस्तान्तरण गरिएको हो ।

सङ्घले प्रदेश नं २ को नारायणी अस्पताललाई २५ थान, सगरमाथा अञ्चल अस्पताल र जनकपुर अस्पताललाई २०÷२०, बारा जिल्ला अस्पताल र रौतहट जिल्ला अस्पताललाई १०÷१० थान पिपिई हस्तान्तरण गरेको हो । यस्तै वाग्मती प्रदेशस्थित केन्द्रीय कारागार अस्पताललाई १५ र भरतपुर क्यान्सर अस्पताललाई २५ थान पिपिई उपलब्ध गराइएको सङ्घको सचिवालयले जनाएको छ ।

कोभिड–१९का सङ्क्रमित बिरामीको उपचारमा संलग्न चिकित्सकका लागि पिपिई अनिवार्य भए पनि अझै पर्याप्त मात्रामा पिपिइ उपलब्ध हुन सकेको छैन ।

प्रकाशित : शुक्रबार, बैशाख ०५, २०७७१३:०७

लकडाउन पालनाका लागि थप कडाइ गर्दै कामपा, टोलटोलमा प्रहरी खटाइयो !