अर्का एक जनामा कोरोनाको पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो !

काठमाडौं : नेपालमा शनिबार एक जनाको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार एक पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

कोरोना पुष्टि भएका पुरुषको उमेर ६५ वर्ष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना भाइरस पुष्टि भएका पुरुष बारे अन्य जानकारी भने मन्त्रालयले खुलाएको छैन। यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ ।

४६४ को परीक्षण नेगेटिभ
काठमाडौँ महानगरपालिकाले पछिल्लो समय गरेको ४६४ जनाकै परीक्षण नतिजा सङ्क्रमण रहित रहेको जनाएको छ ।

महानगरले गत बुधबारदेखि परीक्षण शुरु गरेको हो । विदेशबाट फर्किएर महानगरपालिकाभित्र बसोवास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाको ¥यापिड डाइनोस्टिक टेष्टमार्फत नतिजा पत्ता लगाइएको हो ।

काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना सम्पर्कमा पुगेको जानकारीसँगै महानगरका वडा नम्बर ५, ४, १८, १९, २०, २१, २२, २३, २४, २९, ९, १०, ३१ र ३२ मा परीक्षण गरिसकिएको छ । अब बाँकी रहेका वडामा पनि नियमित परीक्षण गर्ने महानगरको सहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बिलास बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार परीक्षणकार्यसँगै विदेशबाट आएकाको पनि तथ्याङ्क लिने काम पनि भइरहेको छ । त्यसैगरी महानगर प्रमुख विद्यासुन्दर शाक्यले पनि पहिलो चरणमा ३२ वटै वडासम्म पुगेर गत फागुन १८ गतेपछि विदेश भ्रमण गरी महानगरमा बसोवास गर्दै आएका महानगरवासीको विवरण सङ्कलन गर्ने, उनीहरुको अवस्था बुझ्नेलगायतका कार्य गरेको भन्दै ¥यापिड डाइनोस्टिक टेष्टलाई तीव्ररुपमा अघि बढाइएको बताए।

“अहिले हामीले पहिलो प्राथमिकता विदेशबाट आएर महानगरभित्र बसोवास गर्ने र उहाँहरुको सम्र्पकमा आएकालाई दिएका छौँ”, उनले भने, “कोरोना सङ्क्रमणको आशङ्कामा रहेकाले पनि म कोरोनामुक्त छु भनेर ढुक्क हुने प्रमाणपत्र प्राप्त गरोस् भनेर यो टेष्ट गरिरहेका छौँ ।”

प्रकाशित : शनिबार, बैशाख ०६, २०७७१४:५७

“औषधिभन्दा ठूलो आत्मबल रहेछ, औषधि नै नभएको कोरोनालाई पनि हराएँ”