तेह्रथुम – तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङको तेलियाखोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालक शनिबार अपराह्न डुबेर बेपत्ता भएका छन् ।
घरबाट एक घण्टा टाढाको दूरीमा रहेको तेलिया खोलाको गहिरो आहालमा पौडी खेल्न गएका छ बालबालिकामध्ये १२ वर्षीया एलिना विश्वकर्मा र ११ वर्षीय सरोज विश्वकर्मा डुबेर बेपत्ता भएको शुक्रबारे प्रहरी चौकीका प्रमुख रमेश वनले बताए।
धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका दियाले घर भएकी एलिना तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङस्थित मावली घरमा बस्दै आएकी थिइन् । डुबेर बेपत्ता भएका दुवैको घटनास्थलमा खोजी भइरहेको वडाध्यक्ष कुलबहादुर कार्कीले बताए। आहाल गहिरो भएकाले बेपत्ताको खोजीमा समस्या भएको वडाध्यक्ष कार्कीले बताए।
गोदावरीका धार्मिक क्षेत्र अवलोकन
गोदावरी नगरपालिकाका जनप्रतिनिधिले यहाँका धार्मिक क्षेत्र अवलोकन गरेका छन् । विश्वभरि महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले मुलुक आक्रान्त बनेको बेला यी धार्मिक क्षेत्रमा कोही मानिस आई लुकेर बसेका छन् कि भन्ने जानकारी हासिल गर्न गोदावरीका जनप्रतिनिधिले शनिबार अवलोकन गरेका हुन् ।
गोदावरीमा रहेका केही मन्दिर, मदरसा, चर्च र गुम्बा आदि अवलोकन गरिएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए। उहाँले भने, “यी विभिन्न किसिमका धार्मिक क्षेत्रमा कति मानिस छन् र यिनीहरुले सामाजिक दूरी कायम गरेर बसिरहेका छन् या छैनन् भन्ने बुभ्न हामी गएका हौँ ।” यी धार्मिक क्षेत्रमा कोही मानिस आई लुकेर बसेका नभेटिएको महर्जनले बताए।
अनुगमनमा वडा नं १ गोदामचौरमा रहेको मदरसा ९हरमाइन एकेडेमी एन्ड सोसाइटी०, वडा नं ३ मा रहेको ञिङमा जोग्छेन श्रीसिंह गुम्बा, चुम मिलेलाप्राङ बौद्ध शिक्षण तथा ध्यान केन्द्र, इसाएल चर्च, वडा नं १३ को सन्तानेश्वर र वडा नं ११ को प्रसिद्ध बज्रबाराही मन्दिरसमेत अवलोकन गरिएको थियो । अवलोकन टोलीले धार्मिक क्षेत्रका मानिसलाई बिना भिडभाड बस्न सुझाव दिएको छ । अनुगमन टोलीमा नगरपालिका प्रमुख गजेन्द्र महर्जन, वडा नं १ का वडाध्यक्ष हरिहर कार्की, वडा नं ३ का वडाध्यक्ष बालमुकुन्द घिमिरे, महानगरीय प्रहरी प्रभाव बाडेगाउँका प्रहरी निरीक्षक अरुणकुमार भट्टराईलगायत केही पत्रकारको उपस्थिति थियो ।