कोरोनाका कारण बार्सिलोना आर्थिक समस्यामा, ३ खेलाडी मात्रै सुरक्षित !

एजेन्सी – कोरोना भाइरसका कारण निम्तिएको आर्थिक समस्याका कारण क्याटलान क्लब बार्सिलोनाले अर्को सिजन खेलाडी बेच्नु पर्ने अवस्था सिर्जना भएको छ ।

बार्सिलोनाले अर्को सिजन आफ्नो टोलीलाई थप बलियो बनाउन खेलाडी किन्ने योजना पनि बनाएको छ । तर त्यसका लागि आवश्यक रकम उपलब्ध नहुने हुँदा खेलाडी साटफेर नै उचित विकल्प देखिएको छ । यस्तो अवस्थामा क्लबले नयाँ खेलाडी भित्र्याउन जोकोही खेलाडी पनि अन्यत्र पठाउन सक्नेछ ।

अहिलेको अवस्थामा बार्सिलोनामा ३ खेलाडीको मात्र भविष्य सुरक्षित देखिएको छ । कप्तान लिओनेल मेस्सीसहित फ्रांकी डे जोङ र मार्क आंदर टेर स्टेगनको भविष्य भने क्लबमा सुनिश्चित छ । अन्य खेलाडीको हकमा भने क्लबले विकल्पका रुपमा उनीहरुलाई प्रयोग गर्न सक्नेछ ।

यसबाट बार्सिलोनाको एकेडेमी ला मासियालाई पनि केहि सहयोग पुग्ने देखिन्छ । पछिल्लो समय‌ बार्सिलोनाले एकेडेमीबाट आएका खेलाडी भन्दा अन्यत्र क्लबबाट खरिद गरेका खेलाडी प्राथमिकतामा राख्दै आएको थियो । एकेडेमीका खेलाडी प्रयोग गर्दा आर्थिक भार नपर्ने हुनाले प्रशिक्षक सेटिनले एकेडेमी प्रशिक्षकसँग छलफल गर्न थालिसकेका छन् ।

प्रकाशित : आइतबार, बैशाख ०७, २०७७०३:११

‘इब्राहिमोभिच मेस्सी र रोनाल्डो भन्दा कम छैनन्’