घाँटीमै अड्कियो मासु, अस्पताल नपुग्दै मृत्यु !

काठमाडौँ – घाँटीमा मासु अड्किँदा सल्यानमा एक जनाको ज्यान गएको छ। सल्यानको शारदा नगरपालिकामा घाँटीमा मासु अड्किएर एक जनाको ज्यान गएको हो।

ज्यान गुमाउनेमा शारदा नगरपालिका १३ का ६९ वर्षीय देवीलाल कामी रहेका छन्। सल्यानचौरस्थित घरमा मासु खाने क्रममा उनको घाँटीमा मासु अड्किएको र अस्पताल नपुग्दै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मासु अड्किएपछि जिल्ला अस्पताल सल्यान पुर्याएपनि अस्पताल पुर्याएलगतै उनलाई अस्पतालले मृत घोषणा गरेको बताइएको छ।

गुल्मीमा ५३ मजदूरको उद्धार

पैदलै हिँडेर यहाँ आइपुगेका ५३ मजदूरको उद्धार गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहले पैदल यात्रा गरी गुल्मी भित्रिएका ५३ मजदूरलाई सवारी साधन खोजेर सम्बन्धित जिल्लामा पुर्याउन शुरु गरेका छन् । मुसिकोट नगरपालिकाले पर्वतको कुस्माबाट पैदल हिँडेर प्यूठान जाँदै गरेका ११ मजदूरलाई उद्धार गरी जीपमार्फत प्यूठान पु¥याएको नगर प्रमुख सोमनाथ सापकोटाले बताए।

धुर्कोट गाउँपालिकाले पनि पर्वतबाट हिँडेर प्यूठान जाँदै गरेका १६ मजदूरलाई उद्धार गरी शनिबार सवारी साधन खोजेर प्यूठान पुर्याएको छ । पर्वतमा खानेपानी आयोजनामा काम गर्दै आएका उनीहरुलाई लकडाउनका कारण काम गर्ने वातावरण नभएपछि सवारी साधनको अभावमा बाध्य बनेर उनीहरु पैदल हिँडेर घर फर्कन लागेका हुन् ।

बाँके कोहलपुर नगरपालिका घर भई बागलुुङमा खानेपानी र पुलको काम गर्दै आएका २४ मजदूरलाई रेसुङ्गा नगरपालिकाले उद्धार गरेको छ । उनीहरुलाई शनिबार जिपमार्फत प्यूठानसम्म पुर्याउनका लागि नगरपालिकाले सहयोग गरेको नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले बताए।

पोखरामा मजदूरी गर्दै आएका प्यूठान गौमुखी गाउँपालिकाका छ मजदूरको पनि उद्धार गरिएको छ । उनीहरुलाई छत्रकोट गाउँपालिकाले सवारी साधनमार्फत सम्बन्धित स्थानमा पु¥याएको छ । वाग्लुङको गलकोट नगरपालिकाअन्तर्गत दरमखोलामा पुलमा काम गर्दै आएका सल्यानका १० मजदूरलाई मालीका गाउँपालिकाले उद्धार गरी घरसम्म पठाइएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए।

सुर्खेतबाट ११ दिनको पैदलयात्रा गर्दै वाग्लुङको ढोरपाटन नगरपालिकोतर्फ जाँदै गरेका नौ मजदूरलाई पनि रुरु क्षेत्र गाउँपालिकाले उद्धार गरी घरसम्म पठाएको रुरुका वडाध्यक्ष रामलाल विश्वकर्माले जानकारी दिए ।

प्रकाशित : आइतबार, बैशाख ०७, २०७७०५:५८

अफ्रिकामा कोरोनाले ३० लाखको ज्यान लिन सक्ने, विज्ञले दिए चेतावनी !