अफ्रिकामा कोरोनाले ३० लाखको ज्यान लिन सक्ने, विज्ञले दिए चेतावनी !

एजेन्सी- कोरोना भाइरसको संक्रमण फैलिने क्रम नघटे अफ्रीकामा मात्रै ३ लाख देखि ३० लाख सम्म मृत्यु हुन सक्ने एक रिपोर्ट सार्वजनिक भएको छ।

अफ्रिकाका लागि संयुक्त राष्ट्र आर्थिक आयोग (युनेका)ले कोरोना भाइरस संक्रमण फैलिने क्रम नघटेको अवस्थामा त्यहाँ ३ लाख देखि ३० लाख नागरिकको ज्यान जान सक्ने चेतावनी दिएको हो।

अहिले सम्म अफ्रिकाका ५० भन्दा बढी देशमा कोरोनाको संक्रमण देखिएको छ। आइतबार बिहान सम्म त्यहाँ २१ हजार ७ सय ४१ संक्रमित फेला परेका छन् भने १ हजार ८२ जनाको ज्यान गइसकेको छ।

अफ्रिकी देशहरु दक्षिण अफ्रिका, इजिप्ट, मोरोको लगायतक देशहरुमा सबै भन्दा धेरै संक्रमित फेला परेका छन्। रोग नियन्त्रण र रोकथामका लागि अफ्रिका केन्द्रका अनुसार पछिल्ला दिनहरुमा त्यहाँ संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ।

कोरोना भाइरसको फैलावट अफ्रिकामा एकदमै विनाशकारी हुन सक्ने तर्फ विज्ञहरुको चिन्ता छ। उच्च जनसंख्या भएका केहि अफ्रिकी देशहरुमा कोरोनाको आँधीनै औना सक्ने विज्ञहरुले चेतवानी दिएका छन्।

युनेकाका अनुसार अफ्रिकाका केहि देशहरुमा कोरोना संक्रमणले त्यहाँको मानव सभ्यतालाई नै खतरामा पार्न सक्छ। उत्तरी बाहेक ५६% सहरी जनसंख्या अव्यवस्थित र न्यून सेवाकृत बस्तीमा बसोबास गरिरहेको तर्फ युनेकाको चिन्ता छ।

नागरिकबाट लकडाउन उलंघन हुनुले पनि कोरोनाको जोखिमलाई बढाएको बताइन्छ। केहि देशहरुमा त्यहाँमा प्रशासन लकडाउन लागू गराउन संघर्षरत छन्। स्वास्थ्य सुविधामा समेत कमजोर रहनुले पनि कोरोनाको जोखिमलाई बढाएको छ भने त्यहाँ विभिन्न संक्रमण पहिला देखिनै रहेको प्रति चिन्ता व्यक्त गरिएको छ।

प्रकाशित : आइतबार, बैशाख ०७, २०७७०६:४२

भारतबाट नेपालमा कोरोना जोखिम, सीमानाकामा सिसीटिभी जडान गरिँदै !