काठमाडौँ, बैशाख ७ । मनकामना मन्दिरका मुख्य पूजारी इन्सान थापा प्रहरीको फन्दामा परेका छन् । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरका मुख्य पूजारी थापा लकडाउनको बेला बन्दु-कसहित हिडेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
पूजारी थापा शनिबार राति ह-तियार लिएर हिँडेकाले ब-न्दुक नियन्त्रणमा लिएर उनलाई तारेखमा रिहा गरिएको प्रहरी स्रोतले जनाएको छ । पूजारी थापाले जिल्ला प्रशासन कार्यालयबाट ब-न्दुकको इजाजत लिएका छन् तर लकडाउनको समयमा राति ह-तियार लिएर हिँडेको भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
कोरोना जोखिम हुन नदिन अनुगमन
कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन विराटनगर महानगरपालिका भित्रका मस्जिदहरुको अनुगमन गरिएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले मुस्लिम समुदायका अगुवासँंगको सहकार्य र समन्वयमा शनिबार मस्जिदको अनुगमन गरिएको जानकारी दिनुभयो । अनुगमनमा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारी ,नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य हसन अन्सारी,वडा नं १५ का वडाध्यक्ष असलम आलम लगायत सहभागि हुनुहुन्थ्यो ।
मुस्लिम समुदायको अवस्था बुझ्न आग्रह गरिए अनुसार अनुगमन गरिएको र आपसी धार्मिक सद्भाव तथा एकतालाई अझ बलियो बनाउँदै कोरोना भाइरसको जोखिम विरुद्ध लड्न आवश्यक रहेको प्रमुख पराजुलीले सो अवसरमा बताउनुभयो ।
यहाँस्थित वडा नं. १५ मा रहेको रानीमरकज जामे मस्जिदमा अनुगमनको क्रममा बहिरबाट नयाँ आगन्तुक आएका नदेखिएको महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिनुभयो । अनुगमनमा सहभागि काङग्रेसका केन्द्रीय सदस्य अन्सारीले मुस्लिम समाज कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सामूहिक रुपमा सचेत रहेको उल्लेख गर्नुभयो ।
वडाध्यक्ष आलमले अन्यत्रबाट कोही पाहुना आएका भए तत्काल प्रहरी अथवा स्थानीय निकायलाई जानकारी दिन र लकडाउनको पालना गर्न आग्रह गर्नुभयो । जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अधिकारीले अनुगमनका क्रममा मुस्लिम अगुवा कोरोना भाइरसको जोखिम हुन नदिन सचेत भएको र सहयोगी भूमिका खेलेको बताउनुभयो । महानगरपालिका भित्र १९ वटा वडा मध्ये ९ वटा वडामा मात्रै २५ वटा मस्जिद रहेको बताइएको छ ।