लकडाउन खोल्ने अथवा खुकुलो बनाउने बारे ओलीको स्पष्ट भनाई ! यसो भने…[अन्तर्वार्ता]

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कोरोना भाइरस संक्रमणको अन्त्य नभए सम्म कायम हुने बताएका छन्। सरकारी स्वामित्वका सञ्चारमाध्यमका प्रतिनिधिसँग कुराकानी गर्दै उनले लकडाउनलाई कडाईका साथ लागू गराएर कोरोना नियन्त्रणमा आएपछि मात्रै अन्त्य गरिने बताएका हुन्।

लकडाउन खुकुलो पार्दै जाने भन्दा पनि अन्त्य नै गर्नुपर्ने उनको भनाई छ। त्यसको लागि सबै भन्दा पहिला देशमा कोरोना भाइरस संक्रमणको अन्त्य हुनुपर्ने उनले बताए।

“लकडाउन खुकुलो पार्दै जाने होइन, अन्त्य नै गर्ने हो । त्योभन्दा पहिला कोरोनाको अन्त्य हुनुपर्छ । मान्छेको जीवन बचाउनुपर्छ । हामीले भाइरसले भयावहको स्थिति नलिओस् भन्ने हो । एउटा कुरा चाहिँ म के भन्न चाहन्छु भने कोरोनाको स्थिति सहज भएपछि हाम्रा जिल्ला–जिल्लामा स्वास्थ्य क्षेत्रको पूर्वाधारको विकास र जनशक्तिको पर्याप्ततामा आमूल सुधार भएको हुनेछ । यही बीचमा हामीले अरु बिरामीको पनि हेरविचार गरिरहेका छौँ ।”,उनी भने। अर्थतन्त्रमा असर पर्ने भन्दैमा लकडाउनलाई खुकुलो बनाएर जनताको जीवन दाउमा पर्न नसकिने ओलीको भनाई छ।

“अर्थतन्त्रमा नकारात्मक असर पर्छ भनेर मानवीय मूल्यलाई पछाडि पार्न सकिँदैन । मान्छे बाँचेमा न अर्थतन्त्र र समृद्धिको अर्थ रहन्छ । मान्छे नै नरहेन स्थिति हुन नदिनका लागि लकडाउन गरिएको हो भन्ने बुझ्नुपर्छ । भावुक भएर आवागमनलाई खुकुलो पार्नु हुँदैन । हामीले सकेसम्म छिट्टै लकडाउन हटोस् भन्ने चाहन्छौँ । सङ्क्रमितलाई विदेशबाट छिर्न नदिने अवसर सिर्जना हुन दिँदैनौँ ।”,अन्तर्वार्तामा ओलीले थप भनेका छन्।

लकडाउन सरकारका लागि नभई जनताको जीवनका लागि भएको उनले स्पष्ट पारे। लकडाउन गरेर सरकारले जनतालाई दुःख दियो भन्न नमिल्ने उनको तर्क छ। कोरोना भाइरसका कारण कतिपय देशहरुमा देखिएको जस्तो भयावह स्थित नेपालमा हुन नदिनक लागि लकडाउन कडाईक साथ लागू गरिनुपर्ने ओलीको बुझाई छ।

लकडाउनबारे प्रधानमन्त्रीले अन्तर्वार्तामा बोलेको अंश निम्न छ – 

लकडाउन घोषणाको झण्डै एक महिना पुग्न लागेको छ । यो अझै कहिलेसम्म लम्बिन्छ ? यसको विकल्पमा अरु कुनै उपाय सोचिरहनुभएको छ ?

लकडाउन एउटा विधि हो । यो सरकारलाई चाहिएको विषय होइन । हामीले सामाजिक दूरी कायम, मास्क लगाउनेलगायत अरु उपाय पनि गरिरहेका छौँ । परिस्थिति हेरेर स्थिति सहज भएपछि हाम्रा आर्थिक गतिविधि क्रमशः अगाडि बढ्नेछन् । कोरोनाका कारण उत्पन्न आ-तङ्क समाप्त पार्नुपर्छ । कतिपय मुलुकमा हामीले देख्यौँ, बाकसमा लगेर ला-शमाथि ला-श पुरिएको छ । के हामी पनि खाल्डोमा ला-शमाथि ला-श पुरिएको हेर्न चाहान्छौँ ? यसले आ-तङ्क सिर्जना भएमा त्यसले ल्याउने डि-प्रेशन र क्षतिको आँकलन गरेका छौँ ? ठूला भनिएकै मुलुकमा सङ्क्रमित सङ्ख्या बढेपछि अस्पतालमा उपचार गर्न नसकेर सडकमै पाल टाँगेर भेन्टिलेटर राखेर उपचार गराइएको छ । यस्तो स्थितिमा पुग्नुको साटो लकडाउन सहनु नै उपयुक्त हो । त्यसैले लकडाउन गरेर सरकारले जनतालाई दुःख दियो भन्न मिल्दैन ।

त्यसलाई कुनै राजनीतिको मुद्दा बनाउनु हुँदैन । यो सरकारले लकडाउन गरेको छ भन्ने विषय होइन, जतना जोगाउन गरिएको विषय हो । यो यहाँ मात्र होइन विश्वमै लागू भइरहेको छ । विश्वका कतिपय मुलुकका जहाँ प्रभावकारी लकडाउन छैन, त्यहाँ बढी मानवीय क्षति भएको छ । महामारीलाई रोक्ने सन्दर्भमा अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीका आधारमा जोडेर हेर्नु हुँदैन । म विश्व समुदायलाई पनि के आह्वान गर्न चाहन्छु भने यसका विरुद्ध विश्व समुदाय एकताबद्ध भएर सतर्क र राष्ट्रिय एकताका साथ हामी जुट्नुपर्छ । यो राजनीतिभन्दा माथिको कुरा हो । यस सन्दर्भमा म संयुक्त राष्ट्रसङ्घका महासचिव एन्तेनिओ गुटेरेसले यसै गरेको आग्रहलाई पालना गरौँ भन्ने जोडदार समर्थन गर्न चाहन्छु । आगामी मे ५ (वैशाख २३)मा असंलग्न मुुलुकहरुको सङ्गठन (नाम)ले चाल्ने कदमको पनि समर्थन गरी हामीले साझा शत्रुविरुद्ध एक हुन विश्व समुदायलाई आह्वान गर्दैछौँ ।

लकडाउन खुकुलो पार्दै जाने होइन, अन्त्य नै गर्ने हो । त्योभन्दा पहिला कोरोनाको अन्त्य हुनुपर्छ । मान्छेको जीवन बचाउनुपर्छ । हामीले भाइरसले भयावहको स्थिति नलिओस् भन्ने हो । एउटा कुरा चाहिँ म के भन्न चाहन्छु भने कोरोनाको स्थिति सहज भएपछि हाम्रा जिल्ला–जिल्लामा स्वास्थ्य क्षेत्रको पूर्वाधारको विकास र जनशक्तिको पर्याप्ततामा आमूल सुधार भएको हुनेछ । यही बीचमा हामीले अरु बिरामीको पनि हेरविचार गरिरहेका छौँ ।

म फेरि पनि आग्रह गर्न चाहान्छु, अर्थतन्त्रमा नकारात्मक असर पर्छ भनेर मानवीय मूल्यलाई पछाडि पार्न सकिँदैन । मान्छे बाँचेमा न अर्थतन्त्र र समृद्धिको अर्थ रहन्छ । मान्छे नै नरहेन स्थिति हुन नदिनका लागि लकडाउन गरिएको हो भन्ने बुझ्नुपर्छ । भावुक भएर आवागमनलाई खुकुलो पार्नु हुँदैन । हामीले सकेसम्म छिट्टै लकडाउन हटोस् भन्ने चाहन्छौँ । सङ्क्रमितलाई विदेशबाट छिर्न नदिने अवसर सिर्जना हुन दिँदैनौँ ।

प्रकाशित : आइतबार, बैशाख ०७, २०७७११:०४

कोरोनाले राउटेलाई जङ्गल फर्कायो: – “भोकमरी लाग्यो, तरुल र गिठा खान जङ्गल फर्कियौं”