कोरोना विरुद्ध नेपाललाई अर्को सफलता, निको भएर घर फर्किए कैलालीका युवक !

काठमाडौँ – नेपालमा अर्का एक कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक कोरोना संक्रमण मुक्त भएर घर फर्किएका हुन्।

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित कैलालीको लम्कीका उनलाई आइतबार डिस्चार्ज गरिएको हो। दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

भारतबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । उनी कैलालीको गौरीफन्टा नाका भएर घर फर्किएका थिए भने कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए।

अस्पतालमा १६ दिन रहेका उनी आइतबार एम्बुलेन्स चढेर घर फर्किएका हुन्। यससंगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ४ पुगेको छ।

यसभन्दा अगाडी फ्रान्सबाट आएकी १९ वर्षीय युवती र दुबई हुँदै नेपाल फर्किएकी ६५ वर्षीय महिला उपचार पश्चात डिस्चार्ज भएका थिए। यस्तै नेपालका पहिलो कोरोना संक्रमित भने पहिलानै निको भएर घर फर्किसकेका छन्।

हाल सम्म नेपालमा ३१ जना संक्रमित फेला परेका छन्। जस मध्ये २७ जनाको देशक विभिन्न अस्पतालमा उपचार भैरहेको छ। सबै भन्दा धेरै कोरोना संक्रमित उदयपुर् जिल्लामा फेला परेका छन्। हाल सम्म त्यहाँ संक्रमितको संख्या १३ पुगेको छ।

प्रकाशित : आइतबार, बैशाख ०७, २०७७११:५३

“मलाई कमाउनु छैन, देश बनाउनु छ” – ओली