रेस्टुरेन्ट व्यावसायीहरुको छता संगठन फास्ट फुड एसोसिएसन नेपालले लकडाउनका कारण समस्या परेका आफ्ना १ सय २३ वटा रेस्टुरेन्टमा काम गर्ने कर्मचारीहरूलाई राहत वितरण गरेको छ ।
एसोसिएसनले नोवेल कोरोना भाइरस (कोभिड १९) बाट बच्न देश पुर्णरुपले लकडाउन भएपछि घर जान नपाएर काठमाडौ उपत्यकामा अलपत्र परेका विभिन्न रेस्टुरेन्टहरुमा काम गर्ने कर्मचारीहरुलाई आइतबार राहात वितरण गरेको हो । लकडाउका कारण घर जान नसकी काठमाडौँमा बसेका र आफुसंग भएको खाद्यान्न सकिएपछि समस्यामा परेका ४ सय ५० जना कर्मचारीहरु लाई दाल, चामल,नुन र तेल वितरण गरिएको फास्ट फुड एसोसिएसन नेपालका अध्यक्ष केशरबहादुर श्रेष्ठले तामाकोशी अनलाइनलाई जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार २ जनासम्म कर्मचारी रहेका रेस्टुरेन्टलाई १५ किलो चामल , १ किलो दाल , १ किलो नुन , १ लिटर तेल , ३ देखी ५ जना कर्मचारी भएका रेस्टुरेन्टलाई १ बोरा चामल , ३ किलो दाल , २ लिटर तेल , १ किलो नुन ,६ देखी ९ जनासम्म कर्मचारी भएका रेस्टुरेन्टलाई २ बोरा चामल ,४ किलो दाल ,२ लिटर तेल ,२ किलो नुन र १० जनाभन्दा बढि कर्मचारी भएका रेस्टुरेन्टलाई ३ बोरा चामल ,५ किलो दाल ,३ लिटर तेल र २ किलो नुन वितरण गरिएको छ ।
उक्त राहात सामाग्री फास्ट फुड एसोसिएसन नेपालका अध्यक्ष केशरबहादुर श्रेष्ठ , उपाध्यक्ष राजकुमार श्रेष्ठ ,उपाध्यक्ष रमिला श्रेष्ठ, महासचिव, होमराज श्रेष्ठ, कोषाध्यक्ष, नवीन श्रेष्ठ र सदस्य टेकबहादुर श्रेष्ठ लगाएतको टोलिले वितरण गरेको हो । रेस्टुरेन्ट व्यावसायीहरुको छता संगठन फास्ट फुड एसोसियसन नेपालमा हाल विभिन्न ठाउँमा संचालित ३०० वटा रेस्टुरेन्टहरु सदस्य छन् ।