काठमाडौँ बस्ने रामेछापबासीलाई सांसद श्रेष्ठले गरे यस्तो आग्रह!

काठमाडौँ – रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले रामेछापबाट काठमार्डौंमा आइ ज्याला मजदुरी गर्ने व्यक्तिहरुको समस्या सामाधान गरिने बताउनुभएको छ । उहाँले लकडाउनको कारण रामेछापबाट काठमाडौमा आइ ज्याला मजदुरी गर्ने नागरिकहरुको जीवन रक्षा नै प्रमुख काम भएको बताउनुभएको हो ।

सांसद श्रेष्ठले भन्नुभयो,‘लकडाउनको कारण काठमाडौमा समस्यामा पर्नुभएका रामेछापका नागरिकहरुलाई उचित राहतको व्यवस्थापन हुन्छ, सम्पर्क गर्नुहोस, समन्वय गरेर राहत दिलाउने काम गछौं ।’

उहाँले लकडाउनलाई पूर्ण रुपमा पालना गर्न आग्रह गर्दै रामेछापबाट काठमाडौमा दैनिक ज्याला मजदुरी गर्ने नागरिकहरुलाई भोकै पर्न नदिने बताउनुभयो । रामेछाप जिल्लाबाट काठमाडौमा बस्ने संघ संस्था र व्यक्तिहरुले जिल्लावासीलाई सहयोग गर्दै आएको उल्लेख गर्दै समस्यामा परेका रामेछापवासी जनतालाहरुलाई उचित राहतको व्यवस्थापन गर्ने कार्यमा आफू लागेको बताउनुभयो ।

अहिलेको अवस्थामा सरकारले गरेको लकडाउनको निर्णयलाई पूर्ण रुपमा पालना गर्न आग्रह गर्दै आ–आफ्नो स्थानमा नै सुरक्षित ढंगले बस्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

प्रकाशित : सोमबार, बैशाख ०८, २०७७११:४०

एसियाली बजारमा तेलको मूल्यमा फेरी ह्वातै घट्यो, सन् १९९९ यताकै न्यून विन्दुमा पुग्यो !