दुबईबाट आएका एक पुरुषको आरडिटी रिपोर्ट पोजेटिभ, आइसोलनमा भर्ना !

काठमाडौँ – सल्यानमा गरिएको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी)का क्रममा एक व्यक्तिको रिपोर्ट पोजेटिभ आएको छ। शारदा नगरपालिका १ शीतलपाटी शिवजन माध्यमिक विद्यालयमा गर्ने क्रममा एक व्यक्तिको रिपोर्ट पोजेटिभ आएको हो।

आरडिटी परीक्षण पोजेटिभ आउने व्यक्ति ३२ वर्षीय पुरुष रहेका छन्। आरडिटी परीक्षण पोजेटिभ आएपछि ती पुरुषलाई जिल्ला अस्पताल सल्यानको आइसोलेसनमा राखिएको छ ।

आरडिटी परीक्षण पोजेटिभ देखिएका उनी चैत ६ गते दुबईबाट नेपाल आएको बताइएको छ। आरडिटी परीक्षण पोजेटिभ देखिएपछि उनीमा कोरोना भाइरस संक्रमण रहे-नरहेको पत्ता लगाउन स्वाब संकलन गरी सुर्खेत पठाउने तयारी गरिएको छ। बताइए, अनुसार उनको अवस्था अहिले सामान्य छ।

राजमार्गमा रोकिएका पैदलयात्रुको उद्धार
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा रोकिएका पैदलयात्रीलाई प्रहरीले आइतबार उद्धार गरेको छ ।

गोरखा, लमजुङलगायत विभिन्न ठाउँमा काम गर्ने सर्वसाधारण हिँडेरै घर जान आँबुखैरेनी आइपुगेपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीले उनीहरुलाई उद्धार गरेर पठाएको हो । सरकारले राजमार्गमा रोकिएका र अलपत्र परेकाहरुलाई उद्धार गर्न निर्देशन दिएपछि हिँडेर घर जान लागेका ४६ जनालाई उद्धार गरी घर पठाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए ।

सल्यान र बर्दिया घर भएका उनीहरुलाई आँबुखैरेनी गाउँपालिकाको समन्वयमा सवारी साधन खोजेर घर पठाइएको सुवेदीले बताए। “सरकारको निर्देशनसँगै हिँडेर गन्तव्यतर्फ जान लागेका र अलपत्र परेकालाई घर पठाएका छौ,” उनले भने, “उनीहरु विभिन्न जिल्लामा काम गर्ने मजदूर रहेको पाइएको छ ।” उनका अनुसार उद्धार गरिएका सबैको विवरण राखिएको छ ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले बन्दाबन्दी घोषणा गरेपछि गुजारा चलाउन गाह्रो भएकाले हिँडेरै घरतर्फ जान लागेको सल्यानका अनिल बोहोराले बताए। पैदलयात्रुलाई आँबुखैरेनीस्थित सिद्धि गणेश टोल सुधार समिति र मिलन युवा समाजले पानी, चिउरा, बिस्कुट, काँक्रोलगायत खाजा सामग्री उपलब्ध गराएको थियो ।

प्रकाशित : सोमबार, बैशाख ०८, २०७७१२:५६

मन्त्रिपरिषदले पारित गरेका दुई अध्यादेश राष्ट्रपतिबाट पनि पारित, साँझनै जारी !