प्रधानमन्त्रीले राष्ट्रपतिसँग गरे भेटघाट

काठमाडौँ –  राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ नियमित भेटघाट गरेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच राष्ट्रपति कार्यालय शीलतनिवासमा आज नियमित भेटघाट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठकमा मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी गराएर प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय गएका हुन् ।

नेकपाको सचिवालय बैठकमा अध्यादेशबारे जानकारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठकमा मन्त्रिपरिषद्ले निर्णय गरी अघि बढाएका अध्यादेशहरूबारे जानकारी दिइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयुक्त अध्यक्षतामा बसेको बैठकमा उक्त जानकारी दिइएको हो ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा बैठकमा पार्टीका अध्यक्ष ओलीले अध्यादेशहरू जारी गर्न निर्णय गर्नुको औचित्यबारे बैठकलाई जानकारी गराएको उल्लेख छ । बैठकमा सचिवालय ससदस्यले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भलगायतमा आआफ्नो धारणा राखे। छलफलकै बीचमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको सूचना प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिले आजै ‘संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन० अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश, २०७७ जारी गरेका हुन्। बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना सङ्क्रमणविरूद्ध जारी लडाइँमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको छ ।

प्रकाशित : सोमबार, बैशाख ०८, २०७७१६:३१

आज राति १२ बजेबाट निशुल्क सेवा दिने नेपाल टेलिकमको घोषणा !