बारा-पर्सामा भिषण हावाहुरी, ठूलो क्षति !

सांकेतिक तस्विर

काठमाडौँ – हावाहुरीका कारण विभिन्न जिल्लाहरुको ठूलो क्षति भएको छ। सोमबार राति ७ बजे पछि आएको हावाहुरीका कारण बारा, पर्सा, रौतहटमा ठूलो क्षति भएको हो।

हावाहुरीका कारण बारा, पर्सा, रौतहट लगायतक जिल्लाहरुमा घर, पर्खाल तथा टहराहरु भत्किएको छ भने किसानले लगाएको बालि-नालीमा समेत ठूलो क्षति पुगेको छ।

हावाहुरीले प्रभावित जिल्लाहरुले विद्युत प्रशारणमा समेत असर गरेको बताइएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका अनुसार पर्सा–बाराको विभिन्न ठाउँमा विद्युत पोल ढलेका छन्। अहिले उक्त क्षेत्रमा प्राधिकरणले प्राविधिक टोली खटाइसकेको छ।

यस्तै हावाहुरीका कारण नारायणी अस्पतालमा बनाइएका २० बेडका आइसोलेसन वार्ड समेत भत्किएको हो। कोरोना भाइरस संक्रमितको उपचारका लागि तयार पारिएको २० बेडको आइसोलेसन वार्डमा क्षति पुर्याएको अस्पतालले जनाएको छ।

हावाहुरीले पुर्याएको क्षति बारे विस्तृत जानकारी प्राप्त भैसकेको छैन।

पसलमा आगलागी हुँदा बालकको मृ-त्यु
चन्द्रकोट गाउँपालिका वडा नं ४ शान्तिपुर बसपार्कको एक किराना पसलमा आगलागी हुँदा एक किशोरको मृ-त्यु भएको छ । आगलागीमा परी व्यवसायी पूर्णबहादुर खनालका १६ वर्षीय छोरा समिरको मृ-त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए।

आगलागीबाट समिरको घटनास्थलमै ज्यान गएको तथा मृ-तकका बावुु ४५ वर्षीय पूुर्णबहादुर, आमा ४२ वर्षीया रुपा र निजका दाजु २१ वर्षीय सञ्जय घाइते भएको जनाइएको छ । घाइते तीनै जनालाई उपचारका लागि पाल्पाको मिसन अस्पताल प्रवासमा पठाइएको प्रहरीले जनाएको छ ।

लकडाउनका समयमा सबै घरमै बसिरहेका अवस्थामा भएको आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । शान्तिपुर बजारमा पसल सञ्चालन गर्दै आएका खनालको आगलागीबाट पसलका सबै सामग्री जलेर नष्ट भएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले जानकारी दिए।

प्रकाशित : सोमबार, बैशाख ०८, २०७७१७:२४

लकडाउनकाबीच एशियाकै अग्लो झोलुङ्गे पुलको निर्माण सम्पन्न