उदयपुरमा फेरी अर्का एकमा कोरोनाको पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो !

काठमाडौँ – उदयपुरमा अर्का एक व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। कोरोना भाइरस संक्रमण पुष्टि भएका व्यक्ति ३३ वर्षीय रहेका छन्।

उनीमा गरिएको पिसिआर रिपोर्ट मंगलबार पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ।

कोरोना रिपोर्ट नेगेटिभ

सप्तरीका ७१ वर्षीय जेष्ठ नागरिकको पिसीआर विधिबाट गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।

सप्तकोशी नगरपालिका–१ मा शनिबार ७४ जनाको आरडिटी परीक्षण गरिएको थियो । राजविराज अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासका अनुसार आइतबार राति धरान पठाइएको २२ जनाको स्वाबको परीक्षण गर्दा २१ जनाको नेगेटिभ आएको छ, एक जनाको रिपोर्ट आउन बाँकी छ ।

एक साताअघि पनि आरडिटी प्रविधिमार्फत एन्टिबडी परीक्षण गर्दा दुईजनाको रिपोर्ट पोजेटिभ देखिएकामा स्वाब परीक्षण गर्दा नेगेटिभ आएको थियो । योसँगै सप्तरीमा हालसम्म गरिएको ४० वटा स्वाब परीक्षणमा ३९ जनाको नेगेटिभ आएको छ, एउटा रिपोर्ट आउन बाँकी छ ।

कञ्चनरूप नगरपालिका–२ र सप्तकोशी नगरपालिका–१ स्थित मस्जिदमा आरडिटी परीक्षण तीव्र बनाइएको छ । हालसम्म सप्तरीमा ४८ं० जनाको आरडिटी परीक्षण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सप्तकोशी नगरपालिकाका बासिन्दा पिसिआर प्रविधिबाट रिपोर्ट नेगेटिभ आएपछि निकै राहत महसुस गरेको सप्तकोशी वडा नं २ का सदस्य जाहिर हुसेनले बताए।

प्रकाशित : मङ्गलबार, बैशाख ०९, २०७७१०:५१

वाणिज्य बैंकले घटाए कर्जाको ब्याजदर