चट्याङले फेरि लियो ज्यान

बागलुङ – गलकोट नगरपालिका–१ दुदिलाभाटी, टोड्केमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मङ्गबार दिउँसो परेको चट्याङबाट अन्दाजी ६० वर्षीया बिजुली खत्रीको मृत्यु गएको वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले जानकारी दिए।

घरमै बसिरहेका बेला परेको चट्याङ लागेर मृतक खत्रीका श्रीमान् सोमबहादुर बेहोस भए पनि अहिले अवस्थामा सामान्य रहेको जनाइएको छ । चट्याङबाट कुनै भौतिक क्षति भने नभएको वडाध्यक्ष बुढाथोकीले बताए।

जिल्लामा पछिल्ला केही दिन लगातार जसो चट्याङका घटना भइरहेका छन् । गत साता चट्याङ लागेर बागलुङ नगरपालिका–१४ मा एक युवाको ज्यान गएको थियो ।

गण्डकी प्रवेश गर्ने मुख्य नाकामा निसङ्क्रमण

गण्डकी प्रदेश प्रवेश गर्ने सवारी साधनलाई निसङ्क्रमण (डिसइन्फेक्सन) गर्न शुरु गरिएको छ । प्रदेशको मुख्य नाका तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा सवारी साधन निसङ्क्रमण गर्न शुरु गरिएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समितिले सवारी साधनलाई निसङ्क्रमण गरेपछि मात्रै प्रवेशको व्यवस्था मिलाउने निर्णय गरेसँगै आँबुखैरेनी गाउँपालिकाको समन्वयमा कोरसोलिन भाइरस नष्ट गर्ने औषधि (टिएच) बाट सवारी साधन निसङ्क्रमण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष गीरबहादुर थापाले जानकारी दिए।

यस कार्यलाई निरन्तरता दिइने जनाउँदै थापाले भने, “गण्डकी प्रदेशमा आउने सबैखालका सवारी साधनलाई निसङ्क्रमण गरेपछि मात्रै प्रवेश दिइनेछ”, यसले प्रदेशलाई सुरक्षित राख्न सहयोग पुग्नेछ ।”

सवारी साधनलाई निसङ्क्रमण गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँले कोरसोलिन टिएच औषधि गाउँपालिकालाई उपलब्ध गराएको छ । विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठका अनुसार पहिलो चरणमा पाँच दिनलाई पुग्ने औषधि गाउँपालिकालाई उपलब्ध गराइएको र थप औषधि पनि उपलब्ध गराइनेछ ।

प्रकाशित : बुधबार, बैशाख १०, २०७७०१:४३

कोरोनाका कारण २४ घण्टामै ७ हजार बढीको मृत्यु !